Skip to main content

Babai News

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

Advertisement

 

रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको  दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपियाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ ।

बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ । रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...