Skip to main content

Babai News

काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

Advertisement

 

विराटनगर– काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ।

केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो ।

केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै सान्त्वना दिने गरेका थिए ।

गत वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चारजना सहभागी थिए।

सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री  नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा थिए  ।

यसैबीच कोशी सरकारको नेतृत्व आलोपालो गर्न  र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच शुक्रबारबाट छलफल सुरु हुने भएको छ ।

शीर्ष नेताहरूको तहबाट  मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन् ।

सरकारमा सामेल माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले र कांग्रेसबीच सरकारको भागबन्डा लगायतका विषयमा छलफल शुरु हुने प्रदेश सभा सदस्य भीम पराजुलीले बताए।

पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशनअनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समय सीमा निर्धारण गर्ने,मन्त्रालयहरूको भागबन्डा गर्ने र संवैधानिक नियुक्तिहरूको भागबन्डा पनि टुंगो लगाउने छ ।

त्यसबाहेक चालु आर्थिक वर्षको बजेटमा पुनरावलोकन गर्ने सहमति पनि हुनुपर्ने कांग्रेसको अडान छ । ‘ढिलोमा सोमबारसम्ममा यी सबै विषयमा सहमति हुनेछ ’, पराजुलीले भने ‘दुई दल बसेर यो विषय टुंगो लगाएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ।’

बुधबार मात्रै काठमाडौंमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...