Skip to main content

Babai News

राष्ट्रिय युवा संघद्वारा अर्जुनधारा जलेश्वर धाममा वृक्षारोपण तथा सरसफाई

Advertisement

 

अर्जुनधारा साउन १२।। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाईसहित वृक्षारोपण गरेको छ । युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि युवा संघकी स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले प्रकृति संरक्षणका लागि युवा संघले हरेक महिनाको शनिवार वृक्षारोपण गरिने बताइन् ।

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा वृक्षारोपण भएको हो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका सदस्य कौशिलाल परियार, वडा नम्बर ७ का वडाध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ वडा नम्बर ७ का अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा आयोजित सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...