Skip to main content

Babai News

पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

Advertisement

 

बिर्तामोड, १७ साउन : बिर्तामोड नगरपालिकाले सुरु गरेको ‘पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् ।

आज (बिहिबार ) वडा नम्बर ३ स्थित बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका हुन् । कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरबाट पुरस्कृत गर्ने गरि कार्य अघि बढाईने बताउनु भयो ।

यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण महत्वपुर्ण रहेको र यसलाई कुनैपनि अवस्थामा रोकिन दिन नहुने बताउनु भयो । उहाँले बिर्तामोड माछामा आत्मनिर्भर रहेको भन्दै अन्य कृषिजन्य वस्तुको स्थानीय उत्पादनमा जोड दिनुभयो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक संगिता शिवा, कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले धारणा राख्नु भएको थियो ।

बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बाँस्कोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कार्यपालिका सदस्य सिता ढुंगाना लगायत विभिन्न वडाका जनप्रतिनिधि, किसान तथा उभोक्ताको सहभागिता रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...