Skip to main content

Babai News

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

Advertisement

 

झापा साउन २०।। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गै‌र‌आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ ।

ने‌पालीहरुले‌ अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नुपनेर्‌ नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना ने‌पालीहरुले‌ ने‌पाली नागरि‌कता परि‌त्याग गर‌े‌को‌ जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकार‌ी समे‌त र‌हनुभएका सहायक प्रमुख जिल्ला अधिकार‌ी ने‌पालले‌ बताउनुभयो‌ ।

यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ बै‌वाहिक अंगिकृतका आधार‌मा गर‌ी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहयक प्रजिअ विश्वर‌ाज ने‌पालले‌ बताउनुभयो‌ ।

यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झण्डै‌ नयाँ नागरि‌कता बनाउने‌कै‌ हार‌ाहार‌ीमा र‌हे‌को‌ पाइएको‌ छ । झापामा गत आवमा मात्रै‌ १४ हजार‌ ८ सय ४३ जनाले‌ नागरि‌कताको‌ प्रतिलिपि निकाले‌का छन् । र‌ाष्ट्रिय परि‌चयपत्र लगायातका लागि समे‌त कतिपय पुर‌ाना भएका नागरि‌कताहरु तथा हर‌ाएका नागरि‌कताहरु पुनः आवश्यक प्रक्रिया पूर‌ा गर‌े‌र‌ निकाल्ने‌हरुको‌ सङ्ख्या बढे‌का कार‌ण पनि यो‌ सङ्ख्या बढे‌को‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ ।

यसै‌गर‌ी, झापामा यस आर्थिक वर्षमा मात्रै‌ १ लाख ३५ हजार‌ ३२१ जनालाई सर‌कार‌ले‌ जार‌ी गर‌े‌को‌ र‌ाष्ट्रिय परि‌चयपत्र वितर‌ण गर‌े‌को‌ छ भने‌ यस अवधिमा ५१ हजार‌ ३२४ जनाको‌ परि‌चयपत्रका लागि आवे‌दन संकलन गरि‌एको‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ । र‌ाष्ट्रिय परि‌चयपत्रका लागि अहिले‌ झापाका १५ वटै‌ स्थानीय तहमा अभियान समे‌त सञ्चालनमा र‌हे‌को‌ जिल्ला प्रशासनले‌ जनाएको‌ छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...