Skip to main content

Babai News

गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करण सुरु, भदौ १ देखि डिजिटल अडिसन हुने

Advertisement

 

बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।

याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको  ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए ।

याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ  मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक  लिम्बुले जानकारी दिए।

प्रतियोगिताको डिजिटल अडिसनमा याक्थुङ भाषामा गीत गाएर पठाउनुपर्ने  छ ।डिजिटल अडिसमा छनोट भएका प्रतिस्पर्धीलाई विशेष तालिम दिइनेछ । संसारभरिका सहभागीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

कार्यक्रम लाई युम सम्यो महासभा नेपाल – याक्थुङ चुम्लुङ महासभा नेपाल , नाल्बो समाज, सम्झना ढाका पसल ,याक्थुङ चुम्लुङ ताप्लेजुङ, लाम टोल याक्थुङ मौलिकता अभियान केन्द्र, ताबेबुङ याक्थुङ लिम्बु, दिल सिंह याक्थुङ लिम्बु ,नरेन्द्र याक्थुङ लिम्बु ,मानबहादुर माबुहाङ , जय मदेम्बा याक्थुङ लिम्बु ,कमल आचाङ्बु याक्थुङ लिम्बु, नजम मान ताबेबुङ याक्थुङ लिम्बु ,उत्तर हाङ माबुहाङ लिम्बु,बिपेन लङवा याक्थुङ लिम्बु ,नविन माबोहाङ याक्थुङ लिम्बु ,चिरेन लाबुङ याक्थुङ लिम्बु , मोड याक्थुङ लिम्बु।सोम याक्थुङ लिम्बु ,भक्त मुसाङ याक्थुङ लिम्बु ,रोदन  नविन सदेम्बा,सालजाले डोमर बहादुर ,टिका कमरी नुगो,  सहयोगमा हाङ्सो मोरासम याक्थुङ लिम्बु। गोपीलाल थाम्सुहाङ याकथुङ  विभिन्न एनजिओ आइएनजीओ र ४० बढी संघसंस्थाले प्रायोजन गरेका छन्।

प्रतियोगिताको विजेताले नगद चार लाख, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि बिर्तामोड, इलाम, सिक्किम लगायतका स्थानमा भौतिक रुपमै अडिसन लिइने र ग्रान्ड फिनाले झापाको बिर्तामोडमा हुने पनि लिम्बूले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...