Skip to main content

Babai News

आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

Advertisement

 

ताप्लेजुङ भाद्र ६ ।। त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्बल, झापा  ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

ताप्लेजुङ स्थित भानुजन माविको खेलमैदानमा विहीबार भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले तीन गोल गरेको हो ।

खेलको ४६औँ मिनेटमा झापाका अविशेक गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ६५औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि खेलको ६६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै झापालाई ३–० गोलअन्तरको जित दिलाए ।

खेलमा म्यान अफ दी म्याच बिर्तामोड युनाइटेडका देवेन्द्र तामाङ घोषित भए । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि अब विर्तामोड युनाइटेड क्बल, झापाले सहलेश फुटबल क्लब सिरहाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार संघर्ष फुटबल क्बलले सगरमाथा फुटबल क्लब मोरङको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...