Skip to main content

Babai News

अर्जुनधारा जलेश्वर धामले साउमा गर्यो १४लाख रुपैयाँ बचत

Advertisement

 

अर्जुनधारा ।। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ बचत गरेको छ ।

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ लाख ५२ हजार ९३१ रुपैयाँ र खर्च दुई लाख ९५ हजार ७७५ रुपैयाँ भएको छ ।

आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार १२० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार ५८१ रुपैयाँ, भूमिदानबाट एक लाख ५०५ रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार १०० रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार ५०० रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार २०० रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार ५५५ रुपैयाँ, आजीवन सदस्यताबाट छ हजार २०० रुपैयाँ र व्यास मर्मतबाट तीन हजार १७० रुपैयाँ रहेको छ ।

त्यस्तै, खर्चतर्फ पण्डाल निर्माणमा एक लाख २० हजार रुपैयाँ, मूल मन्दिर रुद्राभिषेक पूजा सामग्री दुई लाख रुपैयाँ, गुरु कर्मचारी दक्षिणामा २४ हजार १०० रुपैयाँ, मूलमन्दिर पूजा व्यवस्थापनमा २३ हजार १९० रुपैयाँ, साउन्ड सिस्टममा २२ हजार रुपैयाँ, बाटो तथा पण्डाल मिक्स गिटी १३ हजार ६०० रुपैयाँ, मूल मन्दिर शृङ्गारमा १२ हजार रुपैयाँ र अन्य खर्चमा ६० हजार ८८५ रुपैयाँ रहेको छ ।
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...