Skip to main content

Babai News

बाँके मा बस दुर्घटना दुईजनाको मृत्यु २६ घाइते

Advertisement

 

नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन खोज्दा बस पल्टियो भनेको छ । हामी थप बुझ्दैछौँ,” डीआईजी कडायतले भने ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...