Skip to main content

Babai News

तीन घण्टाको फरकमा दुई छिमेकीले गरे झुण्डिएर आत्महत्या

Advertisement

 

अर्जुनधारा भाद्र १४।। झापाको अर्जुनधारामा एक युवतीले आत्महत्या गरेको केही समय पछि छिमेकी पुरुषले  पनि आत्महत्या गरेका छन् ।

महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।
अर्जुनधारा नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् ।

उनले घरको पूजा कोठामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...