Skip to main content

Babai News

बिर्तामोडमा टाटाको पन्च इभी गाडी सार्वजनिक

Advertisement

 

बिर्तामोड भाद्र २४ ।। इन्डियन कम्पनी टाटा मोटर्सको आधिकरीक  विक्रेता  अलस्का अटोमोवाइल्स प्रा.लि.ले झापाको बिर्तामोडबाट टाटाको पन्च इभी गाडी सार्वजनिक गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् ।

लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सका साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । कम्पनीले पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी रहेको बताए ।

सिप्रदी ट्रेडिङका महाप्रवन्धक सिजापतिले पञ्च इभीले नेपाली ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताउँदै अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पञ्च इभीले ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउने जनाए ।

कार्यक्रममा पञ्च इभी खरिद गर्ने विर्तामोडमा जीवन सापकोटा, विजय खतिवडा, युवराज काफ्ले लगायतलाई चावी हस्तान्तरण गरिएको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...