Skip to main content

Babai News

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

Advertisement

 

पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति  छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् ।

फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन   फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ।  यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका  स्थानीय  बजारहरूमा बिक्री हुने गर्दछन्

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका फाल्गुनन्द गाउँपालिका ३ का कृषक  माधव आचार्यले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब ५ रोपनी क्षेत्रफलमा व्यावसायिक खेति गर्दै आइरहेको छु ।”

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्न थालेका फाल्गुनन्द चार चिलिङदेनका कृषक भन्छन  “वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, वैदेशिक रोजगारीबाट फर्किएर खुर्सानी खेती गरिरहेका उनले भने   रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरु पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय हेमन्त कटेलको भनाइ छ ।  उहाँले भन्नुभयो पहिला अन्य खेती गर्दा खाना मात्रै पुग्ने र अहिले व्यावसायिक अकबरे खेती सुरु गरेपछि यसबाट  मनग्गे आम्दानी भएको बताउनुभयो ।

जुनसुकै खेतीको लागि पनि सिँचाइ अनिवार्य हुन्छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा धेरै बिरुवाहरू मरेको किसानहरूले दुखेसो गरेका छन्।  उचित समयमा उचित सिँचाइ गर्न सके अझै राम्रो उत्पादन लिन सकिने  किसानहरूको भनाइ छ। फाल्गुनन्द गाउँपालिकाबाट अझै राम्रो अकबरे खुर्सानी उत्पादन गर्नका लागि गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने किसानहरूले माग गरेका छन्।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...