Skip to main content

Babai News

विजया दशमीको उपलक्ष्यमा प्रेस क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

Advertisement

 

झापा ।। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ

झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहनेछन् । मिडिया कपको प्रथम पुरस्कारको रुपमा ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार रहेको बताइएको छ ।

यही मिति २०८१–०६–१७ र १८ गते श्री त्रिभुवन मावि होक्सेको खेलमैदानमा आयोजना गरिने बताइएको छ भने उक्त प्रतियोगिता सम्पन्न गराउन करिब २ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको छ ।

उक्त खेलको खेल तालिका समेत सार्वजनिक भएको छ पहिलो खेलमा आयोजक बुद्ध शान्ति प्रेस क्लबले अर्जुनधारा प्रेस क्लबसँग खेल्ने छ। दोस्रो खेल दमक प्रेस क्लब र मेचीनगर प्रेस क्लब संग खेल्ने छ। तेस्रो खेलमा कनकाई प्रेस क्लब ले भद्रपुर प्रेस क्लब संग खेल्ने छ भने नेपाल खेलकुद पत्रकार मञ्च ,(nsjf)  बाई पाएर सिधै अर्को चरणमा प्रवेश गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...