Skip to main content

Babai News

अमेरिकाको टेरी मिकेस्का फाउण्डेसनद्वारा बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन प्रदान

Advertisement

 

बिर्तामोड, असोज ५ ।। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच
फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो ।

डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने कार्यमा आफु लागेको बताउनु भयो । यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले यो महत्वपुर्ण प्रविधिले सेवा प्रवाहमा सहयोग पुर्याउने भन्दै बिर्तामोडका जनताले लाभ लिने बताउनु भयो ।

कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसका पत्र प्रदान गरिएको छ ।नगरप्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले सम्मान स्वरुप उहाँलाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले घारणा राख्नुभयो ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउण्डेसन र नगरअस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...