Skip to main content

Babai News

अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

Advertisement

 

झापा  ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्।

Advertisement

कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् ।

कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

डिएसपी प्रकाश विष्टका अनुसार ती महिलाले मादक पदार्थ सेवन गरेको र चर्कोमा हिडेका कारण बेहोस भई मृत्यु भएको  हुन सक्ने अनुमान गरेको छन।

अत्यधिक गर्मीका कारण झापाको जनजीवन प्रभावित बने सँगै मानिसहरू सितलताको खोजीमा शान्तिनगर बर्ने तिर खोलामा र झापाका  विभिन्न। स्वीमिङ पुल हरुमा डुबुल्की मार्नेको  घुइँचो देखिन्छ ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...