Babai News

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

Advertisement
Advertisement

 

झापा  ।।  दुई दिनदेखि लगातार परिरहेको वर्षका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षका कारण यातायातका साधनहरू गन्तव्यमा पुग्न पनि समस्या भएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ ।

पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको कम्पनीले जनाएको छ । 

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहेपनि माउन्टेन फ्लाइटहरू रद्द भएका छन् ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले  देशभर वर्षा भइरहेको छ । जस कारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्...
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जि...
कर्णालीमा यातायात व्यवसायी आन्दोलित

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

सुर्खेत । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी...
काठमाडौँ विश्वकै बढी प्रदुषण भएको दोस्रो शहर

काठमाडौँ विश्वकै बढी प्रदुषण भएको दोस्रो शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । बुधबार  काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित दो...