Skip to main content

Babai News

इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

Advertisement

 

पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्।

असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ।

ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए।

ताप्लेजुङ जिल्लामा भने विद्युतबाट सञ्चालित सबै सेवाहरू बन्द भएका छन्। जिल्लाका करिब डेढ दर्जन बैंकहरू बन्द छन् । नेपाल बैंकको शाखामा भने सोलार सिस्टमले केही काम गरेको हुँदा ढिलो भए पनि सिस्टम चलिरहेको शाखा प्रमुख वसुन्धरा आचार्यले बताइन्। जिल्लाका रेडियो स्टेसनहरू पनि बन्द भएका छन्। ‘रेडियो ताप्लेजुङ’का लेखापाल मदन गौतमले सोलार सिस्टमले पनि काम नगरेपछि प्रसारण बन्द गर्न बाध्य भएको बताए।

जिल्लाका सबै स्थानीय तहको काम पनि प्रभावित भएका छन्। जिल्लाका ६१ वडाहरूमा विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ। त्यसैगरी मालपोत कार्यालय ताप्लेजुङमा बिजुली नहुँदा सबै सेवा बन्द भएको कार्यालयका प्रमुख निर्मल शेर्पाले बताए। इन्टरनेटलगायतका सबै सिस्टम नचल्दा कार्यालय सञ्चालनमा समस्या आएको प्रमुख शेर्पाले बताए।

पाँचथर तथा इलाम पनि प्रभावित बनेका छन्। पाँचथरको कार्यालय तथा उद्योग धन्दाहरू बन्द भएको छ । विद्युत् आपूर्ति पुनः सुरु हुन अझै तीन दिन लाग्न सक्ने ताप्लेजुङ विद्युत् प्रसारणलाइनका प्रमुख चौधरीले बताए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...