बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका…
बिर्तामोड ।। झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो । शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने…
बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ…
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ। बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन्। शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ। प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए। तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए। बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो। सो पूजामा प्रसाद खानेहरु बिरामी परेका हुन्। ‘फुड पोइजन’…
बिर्तामोड । झापाको बिर्तामोड नयाँ बसपार्क स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको नजिकै एकजना महिला मृत भेटिएकी छन् । नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला साँझ ५ः३० बजे मृत फेला परेकी हुन् । बिर्तामोड आसपास मागी खाई हिँड्ने महिला मृत फेला परेको र प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
बिर्तामोड भाद्र २५।। झापाको बिर्तामोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको हो । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षारोपण गरिएको थियो । दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए । ‘प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘ हामी सबै रक्तदाताप्रति आभार व्यक्त गर्दछौँ ।’ बिर्तामोड नगरपालिकाकी…
एजेन्सी ।।आफ्नो वार्षिक कार्यक्रममा एप्पलले आइफोन १६ का विभिन्न मोडल, एप्पल वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडलसहित आफ्ना पछिल्ला उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आईफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो । क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा सोमबार साँझ आयोजित ‘इट्स ग्लोटाइम’ नाम दिइएको कार्यक्रममा कम्पनीले आफ्ना एप्पल वाच र एयरपड्समा गरिएको सुधार र अपडेटबारे जानकारी गराएको थियो । विशेषत: श्रवणशक्ती कमजोर भएकाहरूलाई सहज हुने गरी र पहुँचयोग्य बनाउन एप्पलले सफ्टवेयर अपडेट गरेको घोषणा गरेको छ । एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा…
बिर्तामोड भाद्र २४ ।। इन्डियन कम्पनी टाटा मोटर्सको आधिकरीक विक्रेता अलस्का अटोमोवाइल्स प्रा.लि.ले झापाको बिर्तामोडबाट टाटाको पन्च इभी गाडी सार्वजनिक गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् । लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च…
बिर्तामोड, २४ भदौ : बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो । बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।…
बिर्तामोड, २४ भदौ : मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ । आज (सोमबार) बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह-सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह-कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ । ढुवानी व्यवसायी…