Skip to main content

Babai News

Breaking News 1

भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दावी

भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दावी

काठमाडौं । पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको स्रोतले जनाएको छ । भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले  पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ । विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ । राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन् । यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि…
Read More
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
Read More
प्रदीप नेपालको निधनले पीडाबोध भएको छ- प्रधानमन्त्री ओली

प्रदीप नेपालको निधनले पीडाबोध भएको छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदिप नेपालको निधनले आफुलाई पीडाबोध भएको बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाएका नेपालको निधनले पीडाबोध भएको उल्लेख गरेका हुन् । उनले विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेको उल्लेख गर्दै नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।उनले भनेका छन्  नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको…
Read More
भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, मोदीले बताए ऐतिहासिक

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, मोदीले बताए ऐतिहासिक

काठमाडौँ । भारत र बेलायत मंगलबार स्वतन्त्र व्यापार सम्झौतामा सहमत भएका छन् ।यसपछि, दुवै देशले एक व्यापक व्यापार सम्झौताको घोषणा गरेका छन्, जसले धेरैजसो वस्तु र सेवाहरूमा लगाइएको भन्सार हटाउने व्यवस्था गरेको छ ।यो कदमले भारत र अमेरिका लगायत अन्य देशहरू बीच पनि यस्तै सम्झौताहरूको लागि मार्ग प्रशस्त गर्न सक्ने बताइएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भनेका छन् । प्रधानमन्त्री मोदीले यसले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने बताए ।उनले लेखेका छन्- 'मेरो साथी प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गर्न पाउँदा खुशी लाग्यो । भारत र बेलायतले एक ऐतिहासिक कदममा बलियो र लाभदायक…
Read More
नेपाल प्रहरीका २०८ जना असई सईमा बढुवा

नेपाल प्रहरीका २०८ जना असई सईमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापनको निर्णय समेत भएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयबाटै दर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो। मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ।
Read More
दुर्घटनामा गम्भीर घाइते पवनदीपको स्वास्थ्य अपडेट, आइसीयुमा उपचार हुदै

दुर्घटनामा गम्भीर घाइते पवनदीपको स्वास्थ्य अपडेट, आइसीयुमा उपचार हुदै

काठमाडौँ । इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको भयानक कार दुर्घटनामा परेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पवनदीपको स्वास्थ्य बारे नयाँ अपडेट आएको छ ।मंगलबार बिहान, उनको टोलीले उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको, जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख छ । उनकी बहिनीले पनि फ्यानहरूलाई पवनदीपको फोटो वा भिडियो सेयर नगर्न र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न भावनात्मक अपील गरेकी छिन् ।पवनदीपको टोलीले एक विज्ञप्तिमा भनेको छ, 'पवनदीपलाई धेरै गम्भीर फ्र्याक्चर र केही सामान्य चोटपटक…
Read More
योगेशको प्रचण्डलाई प्रश्न- कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

योगेशको प्रचण्डलाई प्रश्न- कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् । उनले भने- 'अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले…
Read More
रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आफुहरु सत्ता पक्षमै रहेको र सरकारप्रति विश्वास व्यक्त गर्दै चौधरीलाई कार्यक्रम स्थलबाट पक्राउ गरेको विषयको उचित छानबिन गारी घटनाको जानकारी गराउन माग गरेकी हुन् ।साथै उनले सरकारलाई एक जननेता कार्यक्रमस्थलबाट किन पक्राउ पर्छन भन्ने प्रश्न गरेकी छन् ।
Read More
प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर अर्थमन्त्री विष्णु पौडेल सक्रिय परामर्शमा जुटेका छन् । मंगलबार बिहान उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । बजेटले समेट्ने प्राथमिकता, समावेशी विकास, राजस्व संरचना, सामाजिक सुरक्षा, कृषि, रोजगारी र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
Read More
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

बाँके । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए।‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन’ शाहीले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।’ रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए…
Read More