काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले बताए । लिङ्देनसँगै राप्रपा सांसद दीपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो । त्यसअघि मिश्र र दुर्गा प्रसाईँको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।
ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् । प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।
गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो । आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी…
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् । केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए । प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका छन् । उनले भने, ‘काँग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेड रुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेड रुममा छ । अहिलेसम्म काँग्रेसले उसलाई हटाउन सकेको छैन…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ। प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्। विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको बताइएको छ। देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन्। आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो।
काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार जनाएको छ । नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मङ्गोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । “यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो । यो अमेरिकाको हितमा पनि छ,” ती कर्मचारीले…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभयो । उहाँले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो । ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,' अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गरेका थिए । उनले बिहीबार इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका थिए । यद्यपि उनले कूटनीति असफल भएमा इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । यसको जवाफमा विदेशमन्त्री अराघचीले निरन्तर बल प्रयोग गर्ने धम्की दिने र आफ्ना विभिन्न अधिकारीहरूबाट विरोधाभासी अडान व्यक्त गर्ने पक्षसँग प्रत्यक्ष वार्ता ‘अर्थहीन’ हुने बताएका हुन् ।
धरान। धरानमा लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका वडा नम्बर ९ बगैंचा लाइनमा शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारी रंगेहात ४ जनालाई पक्राउ गरेको हो। प्रहरीले कारोबारी गतिविधिमा संलग्न ३० वर्षीय विजय साह, २७ वर्षीय निरन्जन यादव, २५ वर्षीय विशेष राई र २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो। पक्राउ परेका चार जनासँग एक हजार ६ सय विभिन्न प्रकारका लागूऔषध ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले अहिले उनीहरूको विरुद्ध थप अनुसन्धान गरिरहेको छ।