Babai News

Breaking News 2

प्रचण्ड लाँकुरीभञ्ज्याङस्थित रिसोर्टमा लडेको खुलासा

प्रचण्ड लाँकुरीभञ्ज्याङस्थित रिसोर्टमा लडेको खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको खुलेको छ । स्रोतकाअनुसार प्रचण्ड परिवारका अन्य सदस्यसहित मंगलबार टेरेसेस रिसोर्टमा पुगेका थिए । सोही क्रममा राति रिसोर्टमा लडेर घाइते भएको खुलेको हो ।गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको र टाउकोमा टाँका लगाइएको बुझिएको छ ।यसअघि प्रचण्डको सचिवालयले खुमलटारस्थित निवासमै बाथरुममा लडेको बताएर घटना ढाकछोप गरेको थियो ।छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखे पनि स्थान बारे स्पष्ट गरेकी थिइनन् । उनले लेखेकी थिइन्- 'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट…
Read More
स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ…
Read More
भारतीय कूटनीतिज्ञलाई बोलाएर पाकिस्तानले दियो चेतावनी

भारतीय कूटनीतिज्ञलाई बोलाएर पाकिस्तानले दियो चेतावनी

काठमाडौँ । पाकिस्तानले भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण लिएको छ ।भारतले गरेको हवाई हमलाको विरोध गर्दै पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई आक्रमणहरू पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशहरू बीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन भएकोप्रति पनि सचेत गराएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने कुटनीतिज्ञमार्फत चेतावनी दिएको छ ।मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने…
Read More
रुढीवादी नेता फ्रेडरिक मर्ज बने जर्मनीको नयाँ चान्सलर

रुढीवादी नेता फ्रेडरिक मर्ज बने जर्मनीको नयाँ चान्सलर

काठमाडौँ । जर्मन रुढीवादी नेता फ्रेडरिक मर्ज चान्सलर निर्वाचित भएका छन् । पहिलो प्रयासमा आश्चर्यजनक हार बेहोरेका मर्जले दोस्रो चरणमा जित हासिल गर्दै जर्मनीको नयाँ चान्सलर बनेका हुन् संसदमा भएको पहिलो मतदानमा उनले पराजयको सामना गर्नुपरेको थियो । तर दिउँसो भएको 'दोस्रो मौका' मतदानमा, मर्जले ३२५ मत प्राप्त गरे भने २८९ सांसदले उनको विपक्षमा मतदान गरेका थिए ।  पहिलो चरणको मतदानमा उनले ३१० मत प्राप्त गरेका थिए । जर्मनीको संसद ६३० सदस्यीय रहेको छ जितपछि फ्रेडरिक मर्जले चान्सलरको जिम्मेवारी सम्हालेका छन् । उनले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै देशवासीहरूप्रति कृतज्ञता पनि व्यक्त गरे। उनले भने, 'म जर्मनीको चान्सलरको निर्वाचनलाई कृतज्ञताका साथ…
Read More
सैन्य शक्तिमा भारत-पाकिस्तानमा को बलियो ?

सैन्य शक्तिमा भारत-पाकिस्तानमा को बलियो ?

काठमाडौँ । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच युद्ध शुरु भएको छ । गएराती भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण शुरु गरेपछि दूई देश युद्धमा होमिएका छन् । पाकिस्तानले भारतको आक्रमणको कडा जवाफ दिने बताएको छ र सीमा क्षेत्रमा दुवैबीच गोलिवारी जारी रहेको छ ।भारतीय सशस्त्र बलले यस अपरेशनलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार यो अप्रेशन महिलाहरूप्रति समर्मित गरेको छ, जसले आतंकवादी हमलामा आफ्ना पति गुमाएका छन् ।  यस अघि भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गरेका थिए ।…
Read More
भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाई हमला, ‘अपरेशन सिन्दूर’ दिइयो नाम

भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाई हमला, ‘अपरेशन सिन्दूर’ दिइयो नाम

काठमाडौँ । भारत सरकारले 'अपरेशन सिन्दूर' सुरु गरेको बताएको छ ।भारत सरकारले यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको बताएको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो । विज्ञप्तिमा कुल नौ स्थानहरूलाई लक्षित गरिएको पनि भनिएको छ ।अर्कोतर्फ, पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।
Read More
बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिएकी छन् ।प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने…
Read More
रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर पोर्चुगलको यु-१५ राष्ट्रिय टिममा

रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर पोर्चुगलको यु-१५ राष्ट्रिय टिममा

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर पोर्चुगलको यु-१५ राष्ट्रिय टिममा छानिएका छन् ।मिडिया रिपोर्टका अनुसार क्रिस्टियानो जुनियरलाई क्रोसियामा यहि मे १३ देखि १८ सम्म क्रोसियामा हुने भल्टको मार्कोभिक प्रतियोगिताका लागि पोर्चुगलको यू-१५ टिममा सामेल गरिएको हो ।१३ बर्षिय क्रिस्टियानो जुनियर हाल अल नासरको एकेडेमीमा खेलिरहेका छन् ।पोर्चुगलले यस प्रतियोगितामा चार खेल खेल्ने बताइएको छ । क्रिस्टियानो जुनियरले पोर्चुगलको जर्सीमा खेल्न लागेको यो पहिलो पटक हुने छ ।
Read More
वामपन्थी नेता प्रदीप नेपालको निधन

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए । २०१० सालमा जन्मिएका नेपाल विसं २०५१ मा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका थिए ।
Read More
आजको राशिफल: २०८२ वैशाख २३ गते मङ्गलबार

आजको राशिफल: २०८२ वैशाख २३ गते मङ्गलबार

आजको राशिफल बि.सं २०८२ वैशाख २३ गते मङ्गलबार ई.सं २०२५ मे ६ नेपाल सम्बत ११४५ बछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ध्रुव योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २३ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर…
Read More