Babai News

Breaking News 3

नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

बाँके। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ७ देखि १३ मार्चसम्म भारतको नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रतियोगितामा नेपाली एथलीट प्रभा आङदेम्बेले महिला लङजम्पमा टी–४७ क्याटगोरीमा रजत पदक जित्नु भएको थियो। सोहि अवसरमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा फर्किएको टोलिलाई राखेपका सदस्यहरुले त्रिभुवन विमानस्थलमा पुगेर खेलाडीहरुलाई स्वागत गरेका छन् । यस प्रकारको पुरस्कारले नेपाली पारा एथलेटिक्सका खेलाडीहरूको हौसला बढाउने विश्वास लिएको राखेपका सदस्य एवं सचिव टंक घिसिङले बताएका छन्।
Read More
युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् । युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी वायुसेनाले भनेको छ, “रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।” युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ ।
Read More
वर्षा रोकिए पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो…

वर्षा रोकिए पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो…

काठमाण्डौ। असोज १४।।केहि दिन परेको वर्षा पछी देशका कतिपय ठाउँमा घाम लागेको छ। वर्षा रोकिएपछि थप पहिरो नजाने सम्भावना बढ्ने भएकाले राहत तथा उद्धारको काममा सहज हुने भएकाले कार्य चाडो हुने विश्वास गरिएको थियो तर सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । उक्त स्थानमा अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई…
Read More
पत्रकार महासंघ झापाले स्व. पत्रकार पाठक परिवारलाई दियो १ लाख सहयोग

पत्रकार महासंघ झापाले स्व. पत्रकार पाठक परिवारलाई दियो १ लाख सहयोग

झापा। भाद्र २८। नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो । कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व.पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक…
Read More
बेलबारीस्थित जंगलमा  वृद्ध बेवारिसे अवस्थामा फेला, छोराबुहारीले लगेर छोडेको आशंका

बेलबारीस्थित जंगलमा वृद्ध बेवारिसे अवस्थामा फेला, छोराबुहारीले लगेर छोडेको आशंका

  मोरङ साउन १॥मोरङको बेलबारी स्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध बेवारिसे अवस्थामा फेला परेका छन। उमेरले ७० काटिसकेका ति वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती  वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् । बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् । जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्ति टोलिले  भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा…
Read More
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका बिरुवा रोपिए

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका बिरुवा रोपिए

झापा  असार १५॥ पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा  १० हजार फलफूलका बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले  ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले…
Read More
दुई नाबालक सहित आमा मृत फेला

दुई नाबालक सहित आमा मृत फेला

बिर्तामोड । जेठ ३२। झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
Read More
सरकारले नै संसद् चल्न नदिने खालका गतिविधि गरिरहेको छ : कांग्रेस

सरकारले नै संसद् चल्न नदिने खालका गतिविधि गरिरहेको छ : कांग्रेस

काठमाण्डौ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ । बैठकले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सि सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय…
Read More