काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । बुधबार काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित दोस्रो शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले (बिहान ११ बजे) काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको दोस्रो शहर बनेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स १९७ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ भन्दा अगाडी भारतको दिल्लीको २१६ रहेको छ । वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि…
काठमाडौँ । आजदेखि फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् । फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् । फिल्म ‘माग्ने राजा’लाई देशभर १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारीमा शो उपलब्ध गराइएको छ भने फिल्म ‘ताराहरू’ ले केवल ३० शो मात्र पाएको देखिएको छ । तर, शो संख्या पहिलो दिनमा दर्शकको साथ अनुसार दोस्रो दिनदेखि परिवर्तन हुदै जाने हुन्छ । फिल्म ‘माग्ने राजा’ मा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिका निभाएका छन् भने फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय रहेको छ । ऋषि लामिछानेको…
बर्दियाको गुलरियामा गाईजात्रा उत्साह र नाचगान सहित भव्य रूपमा मनाईएको छ । स्व. गोपालमान श्रेष्ठको सम्झनामा नेवा देय दवु गुलरिया नगर कमिटीद्धारा आयोजित गाईजात्रा परम्परागत पोशाक, बाजागाजा र नाचगान सहित गुलरिया बजार परिक्रमा गर्दै मनाईएको हो । गाईजात्रामा सहभागीहरूले स्व. श्रेष्ठको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । नेवारी परम्पराअनुसार गाईजात्रा दिवंगत परिवारजनको सम्झनामा आत्मा शान्तिको लागि गाई वा गाईको प्रतिक (मानिसले गाईको भेषमा) निकालिन्छ । लाखे नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नेवा दय दवुका अनुसार, सांस्कृतिक धरोहर जोगाउने र आगामी पुस्तालाई यसको महत्व बुझाउने उद्देश्यका साथ गाईजात्राको आयोजना गरिन्छ ।
राजेश कुर्मि नेपाली कांग्रेस बर्दियाको मधुवन नगर समिति सचिव लक्ष्मण पाण्डेका नाममा दुई वर्षअघि नै जिल्ला अदालत बर्दियाले पक्राउ पुर्जी जारी गरेको खुलेको छ । मधुवन नगरपालिका वडा नं. ३, विपतपुर निवासी ३१ वर्षीय पाण्डेमाथि सालको काठ चोरी गरेको अभियोगमा २०८० सालमा मुद्दा दर्ता भएकाे थियो । सिद्धा कुमारी शाहीको जाहेरीले नेपाल सरकारलाई वादी र पाण्डेलाई प्रतिवादी बनाइएको कुरा अदालतद्वारा जारी पक्राउ पुर्जीमा उल्लेख गरिएकाे छ । पक्राउ पुर्जीमा मुद्दा नं. ०८०-c२-०००३ का प्रतिवादी पाण्डेलाई अदालतले दिएकाे उपस्थिती म्याद सकिएपछि म्यादवाला व्यक्ति वा निजको एकाघरको उमेर पुगेका परिवारको सदस्य समेत घरमा फेला नपरेकोले दैलाेमा सबैले देखे गरि पक्राउ पुर्जी टाँस…
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए । उनी हिरासतमा बसेको आज ४६ दिन पूरा भएको छ । तर, प्रसाईं भने निकै पछि भारतबाट पक्राउ परेका हुन् । मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट समेत दायर गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए । भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए । यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद…
काठमाडौँ । भारतको पञ्जाबमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाको अमृतसरस्थित मजिठामा भएको यस घटनामा गएराती नक्कली मदिरा सेवन गरेपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको हो । प्रहरीले विषाक्त मदिराको मुख्य आपूर्तिकर्ता परबजीत सिंह सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँ भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मानमा भएको बताइएको छ । पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ । प्रहरीले पाँच…
काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैठक कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकहरु उपस्थित रहेका छन् । बैठकले संसदको आगामी बैठकका कार्यसूची तय गर्ने बताइएको छ । संसदमा आजदेखि आर्थिक बर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ ।