Babai News

Breaking News 3

पाकिस्तानी गोलीबारीबाट भारतीय सरकारी कर्मचारीको मृत्यु

काठमाडौँ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भने- 'राजौरीबाट दुखद खबर । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए ।' उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको बताए । उनले लेखेका छन्- 'आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो ।'
Read More
आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालको समर्थन र ऐक्यबध्दता

आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालको समर्थन र ऐक्यबध्दता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ । आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ । जसपा नेपालले समस्त दक्षिण एशियाली…
Read More
दिल्लीस्थित नेपाली दूतावासको आग्रह: आपतकालीन अवस्था आए सम्पर्क गर्नु !

दिल्लीस्थित नेपाली दूतावासको आग्रह: आपतकालीन अवस्था आए सम्पर्क गर्नु !

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
Read More
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट…
Read More
विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् । उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले…
Read More
पाकिस्तानमा जारी पिएसएल टी-२० प्रतियोगिता युएईमा सारियो

पाकिस्तानमा जारी पिएसएल टी-२० प्रतियोगिता युएईमा सारियो

काठमाडौँ । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो । जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।
Read More
आजको राशिफल: २०८२ वैशाख २६ गते शुक्रबार

आजको राशिफल: २०८२ वैशाख २६ गते शुक्रबार

राशिफल आजको राशिफल बि.सं २०८२ वैशाख २६ गते शुक्रबार ई.सं २०२५ मे ९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर १८…
Read More
तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरीले गत चैत्र १५ गते तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षक माथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी, रुरुक्षेत्र गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने ३९ बर्षिय मन बहादुर कालामगर रहेका छन् । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
फेवातालमा स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिएर फसेका ७ जनाको सकुशल उद्वार

फेवातालमा स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिएर फसेका ७ जनाको सकुशल उद्वार

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७  जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ ।बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।…
Read More