काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । फिल्म ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो ।मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।चलचित्र हेरेपछि अधिकांशले चलचित्र ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
आजको राशिफल बि.सं २०८२ वैशाख २४ गते बुधबार ई.सं २०२५ मे ७ नेपाल सम्बत ११४५ बछलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल दशमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, व्याघात योग, वब करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २२ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर…
काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यस प्रकरणमा यसअघि दुई तहको सरकारी वकिलको कार्यालयबाट…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् । उनले आफुले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए ।उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रविन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।डा. वाग्लेले अहिले…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२-०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई…
काठमाडौं । नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालियो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो ? गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं