Skip to main content

Babai News

Breaking News 3

तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

बाँके। पोल्याण्डको एक बियर उत्पादक कम्पनीले विश्वभरि अहिलेसम्म अनौठो र विवादास्पद बियर उत्पादन गरेको छ। यो बियरलाई ‘योनी बियर’ नाम दिइएको छ, जसमा महिलाको यौनांगबाट प्राप्त ब्याक्टेरिया प्रयोग गरिएको छ। बियर निर्माता कम्पनी, द अर्डर अफ योनीले यो अनौठो बियरलाई बजारमा ल्याएको हो। यस बियरको विशेषता भनेको योनीमा पाइने ल्याक्टिक अम्लको प्रयोग हो, जुन महिलाको यौनांगका ब्याक्टेरियाबाट प्राप्त हुन्छ। बियर बनाउनका लागि विशेष मोडेल पाउलिना र मोनिकाका यौनांगबाट ब्याक्टेरिया सङ्कलन गरी प्रयोगशालामा ल्याक्टिक एसिड तयार गरिन्छ। यो प्रक्रिया सँगै, बियर दुई प्रकारका ब्राण्डमा बजारमा आएको छ: बोटल्ड लस्ट र बोटल्ड प्यासन। दुवै बियरमा ८ प्रतिशत अल्कोहल हुन्छ। लस्ट ब्राण्ड नटमेग…
Read More
` ३५ वर्ष देश लुट्नेहरुलाई जेल हाल्ने रविको अन्तिम इक्षा´ हरि ढकाल ।

` ३५ वर्ष देश लुट्नेहरुलाई जेल हाल्ने रविको अन्तिम इक्षा´ हरि ढकाल ।

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा सार्वजनिक गरेका छन्। शनिबार चितवनमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै ढकालले लामिछानेको समर्पण र उद्देश्यको बारेमा चर्चा गर्दै भने, “रवि लामिछानेको अन्तिम इच्छा ३५ वर्षसम्म देशमा लुटपाट गर्ने भ्रष्टहरूलाई जेल हाल्नु हो।” उनले देशको भविष्यका लागि लामिछानेको दृष्टिकोण प्रस्तुत गर्दै भने, “यो देशका किसानहरूको मुहारमा हाँसो ल्याउने, युवा पलायन रोक्ने र रोजगारी सृजना गर्ने चाहना छ। उहाँको उद्देश्य दलीयकरण र भ्रष्टाचारको विरुद्ध सशक्त आवाज उठाएर विधिको शासन स्थापना गर्नु हो।” ढकालले थप भने, “लामिछानेकाे मुटुमा रगत होइन, तेजाब छ। उनी निडर छन् र भ्रष्टाचारमा संलग्न…
Read More
रतुवामाइमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु।

रतुवामाइमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु।

बाँके। मोरङको रतुवामाइ नगरपालिकावडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रवार राति भएको एक भीषण मोटरसाइकल दुर्घटनामा एक दम्पत्तीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्तिहरू रतुवामाइ-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी ३५ वर्षीया पत्नी वामनी हेमराम हुन्। सोम टुडू रतुवामाइ नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ट्रायक्टर चालक रहेका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, राति १० बजे उक्त दुर्घटना भएको हो। मोटरसाइकल दुर्घटनामा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो, जसका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको छ।
Read More
धनुषामा भालुको आक्रमण, एक व्यक्ति गम्भीर घाइते।

धनुषामा भालुको आक्रमण, एक व्यक्ति गम्भीर घाइते।

  धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा शनिबार बिहान घाँस काट्न गएका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका निवासी दुलाललाई स्थानीयहरूले तत्काल उद्धार गरी जनसेवा अस्पताल बर्दिबास पुर्याएका थिए। प्राथमिक उपचारपछि उनलाई काठमाडौंको ट्रमा सेन्टरमा रेफर गरिएको छ, जहाँ उनको अनुहारमा गम्भीर चोटपटक देखिएको छ। स्थानीय प्रशासन र वन कार्यालयले वन क्षेत्रमा जान सक्ने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्, ताकि यस्ता घटनाहरू भविष्यमा घट्न नदिन सकियोस्।
Read More
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु।

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु।

विराटनगर। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा पति–पत्नीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार, राति १०:१० बजे आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सोम टुडू (४२ वर्ष) र उनका पत्नी वामनी हेमराम (३५ वर्ष) काे मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीयले दुवै जनालाई उद्धार गरी रंगेली अस्पताल पठाएका थिए, जहाँ उपचारका क्रममा दुवैको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुल्न आएको छ। इलाका प्रहरी कार्यालय सिजुवाले घटनाको अनुसन्धान सुरु गरेको…
Read More
नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत २९ वटा पुल निर्माण सम्पन्न, कार्य प्रगतिको अवस्था सुधार।

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत २९ वटा पुल निर्माण सम्पन्न, कार्य प्रगतिको अवस्था सुधार।

बुटवल । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ। सूचना अधिकारी शिव खनालका अनुसार, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित नवलपुरमा रहेका २९ पुलहरूको निर्माण कार्य पूरा भएको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको उक्त पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा पाँच वटा मात्र निर्माण गर्न बाँकी रहेको छ। छोटा २२ वटा पुलको निर्माण काम सकिएको छ भने, लामा पुलहरूको ढलानको काम बाँकी रहेको छ, जसलाई केही दिनमा सम्पन्न गरिने खनालले जानकारी दिए। यस खण्डमा निर्माण भइरहेको अन्य पुलहरूको पनि कार्य तीव्र गतिमा अघि बढिरहेको छ, विशेष गरी २०० मिटरभन्दा लामा पुलहरू जस्तै गिरुवारी खोला, अरुणखोला…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई ।

बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिने निर्णय गरेको छ। केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेपछि सो पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउने निर्देशन पनि बैठकले दिएको छ।
Read More
जाजरकोटमा ५.२ रेक्टरको भूकम्प गएको छ।

जाजरकोटमा ५.२ रेक्टरको भूकम्प गएको छ।

बाँके। जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार साझ ८ बजेर १० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। शुक्रबार साझ गएको ५.२ रेक्टर स्केलको भूकम्पले सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लाहरुमा धक्का महसुस भएको थियो।
Read More
जनमत पार्टीले उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिना निलम्बन।

जनमत पार्टीले उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिना निलम्बन।

  काठमाडौं। जनमत पार्टीले पार्टीका उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। पार्टी अनुशासन समितिको निर्णय अनुसार साहलाई पार्टी नीति विपरीत जानु र सामाजिक सञ्जालमा नीतिविरुद्ध टिप्पणी गर्नुको आधारमा कारबाही गरिएको हो। अनुशासन समितिका संयोजक नरेन्द्र चौधरी र सचिव अनिता यादवले साहलाई कारबाहीको पत्र पठाएर निलम्बनको जानकारी दिएका छन्। पत्रमा उल्लेख गरिएको छ कि साहले स्पष्टीकरण सोधिएपछि पनि जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीको नीतिविरुद्ध लेखेपछि ६ महिनाका लागि निलम्बन गरिएको हो। पत्रमा यसबारे थप भनिएको छ, “स्पष्टीकरण सोधिएपछि जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अन्य कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन। साहले अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर…
Read More
नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

बाँके। म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित घाइतेहरूको उद्धार गर्न नेपाली सेनाले म्यानमारको मन्डले क्षेत्रस्थित यामेथिन शहरमा एक विशेष मेडिकल क्याम्प स्थापना गरेको छ। शुक्रवारबाट सञ्चालनमा आएको यो क्याम्पमा नेपाली सेना अहिले भूकम्प प्रभावित व्यक्तिहरूलाई तत्कालीन स्वास्थ्य उपचार र आवश्यक चिकित्सकीय सेवा प्रदान गर्दै छ। नेपाल सरकारको पहलमा, २२ सदस्यीय नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको हो। यस टोलीमा दक्ष सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरूको समावेश छ। टोलीसँग आवश्यक औषधि, मेडिकल उपकरण र चिकित्सकीय सामग्री पनि पठाइएको छ, जसले भूकम्पका पीडितहरूको उपचार र उद्धार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यो क्याम्प नेपाली सेनाको कूटनीतिक र मानवीय सहयोगको प्रतीक…
Read More