चन्द्र वि.क. बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लमसालले काम गर्ने क्रममा केही त्रुटिहरु भएपनि नियतवस आफनोे टिमबाट कुनै गम्भीर त्रुटि नभएको बताउनुभयो । उहाँले उक्त कुरा ठाकुरबाबा नगरपालिका कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८१ मा सम्पादित कार्यहरूका सम्बन्धमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया एवं समीक्षा कार्यक्रममा बताउनुभएको हो । प्रमुख लम्सालले पालिकाको विकास गर्ने क्रममा आफुहरु कुनै ठाउँमा नचुकेको धारणा राख्दै, आफुहरु निर्वाचित भएर आईसकेपछि पालिकावासीहरुको अवस्थालाई मध्येनजर गरेर सामाजिक विकासलाई अघि बढाउनुपर्ने निर्णय अनुसार कार्यगरिरहेका छौं जस अन्तरगत शिक्षा र स्वास्थ्यमा पालिकाले ठुलो उचाई हासिल गरेको छ भन्नुभयो । उहाँ थप्दै भन्नुहुन्छ, ठाकुर बाबाको चौतर्फी विकास गर्ने क्रममा भौतिक पुर्वाधार विकासलाई पनि…