Skip to main content

Babai News

काम गर्ने क्रममा केही त्रुटिहरु हुन सक्छन, तर नियतवस हामीबाट कुनै गम्भीर त्रुटि भएको छैन् – नगरप्रमुख लम्साल

Advertisement

चन्द्र वि.क.

बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लमसालले काम गर्ने क्रममा केही त्रुटिहरु भएपनि नियतवस आफनोे टिमबाट कुनै गम्भीर त्रुटि नभएको बताउनुभयो ।

उहाँले उक्त कुरा ठाकुरबाबा नगरपालिका कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८१ मा सम्पादित कार्यहरूका सम्बन्धमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया एवं समीक्षा कार्यक्रममा बताउनुभएको हो ।

प्रमुख लम्सालले पालिकाको विकास गर्ने क्रममा आफुहरु कुनै ठाउँमा नचुकेको धारणा राख्दै, आफुहरु निर्वाचित भएर आईसकेपछि पालिकावासीहरुको अवस्थालाई मध्येनजर गरेर सामाजिक विकासलाई अघि बढाउनुपर्ने निर्णय अनुसार कार्यगरिरहेका छौं जस अन्तरगत शिक्षा र स्वास्थ्यमा पालिकाले ठुलो उचाई हासिल गरेको छ भन्नुभयो ।

उहाँ थप्दै भन्नुहुन्छ, ठाकुर बाबाको चौतर्फी विकास गर्ने क्रममा भौतिक पुर्वाधार विकासलाई पनि हामिले प्राथमिकता दिएका छौं । हामिहरुले २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेकोमा ठाकुरबाबा– ९ को ७ सय मिटर सडक कालोपत्रे गुणस्तरहिन भयो । त्यसमा हाम्रो कुनै पनि संलग्नता छैन् त्यो ठेकेदार कम्पनि ‘रोयल लक्ष्मी ओम नमः जिविको’ गल्ती हो । ठेकेदार कम्पनीको रोलर राति बिग्रिएर काम ढिलो भएपछि नगरपालिकाको प्राविधिक टोलीले सामग्री हाल्न रोक लगाएको थियो । तर कम्पनीले निर्देशन अवज्ञा गर्दै मनोमानी रूपमा काम सम्पन्न ग¥यो । पछि उपमेयरको जानकारीमा प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले अनुगमन गर्दा कामको गुणस्तर अस्वीकर्षक भेटियो । त्यसपछि नगरपालिकाले कम्पनीलाई प्रयोग गरिएका सम्पूर्ण सामग्री हटाउन पत्राचारको थियो । कम्पनीले जवाफमा १० गतेसम्म काम गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ । यदि १० गतेसम्म पनि काम गुणस्तरीय भएन भने ठेक्का रद्द गरिनेछ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जले तीनतर्फबाट घेरेको अवस्थालाई ध्यानमा राख्दै मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्नुका साथै नागरिकको आर्थिक उन्नति र भौतिक पूर्वाधार विकासका लागि ठाकुरबाबा आफुहरू दिनरात खटिरहेको उप–प्रमुख बिना कुमारी भट्टराईले जानकारी दिनुभयो ।मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा २ हजार ३ सय ३१ मिटर हात्ती छेकवार वाल निर्माण गरि विस्तार गरिएको र यसले सकारात्मक प्रभाव पारेको उहाँले उल्लेख गर्नुभयो।

उप–प्रमुख भट्टराईले भन्नुभयो, जिल्लाकै धेरै विद्यार्थी अध्ययनरत त्रिभुवन नमुना माध्यमिक विद्यालय, भुरिगाउँमा नयाँ भवन निर्माण र अनाथ बालबालिकाका लागि आवास गृह निर्माण गरिएको छ । जर्मन विद्यार्थीहरूको सहयोगमा शारदा माध्यमिक विद्यालयमा कम्प्युटर र पुस्तकालय भवन निर्माण गरिएको छ। वडा नं. ५ को वनकट्टिमा गौशालाको नयाँ भवन, कोइका परियोजनासँगको सहकार्यमा प्राङ्गारिक मल उत्पादनको तयारी तथा संस्कृत शिक्षा सञ्चालन हुने गुरुकुलको स्थापना पनि गरिएको छ ।

यसै गरि प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगति प्रस्तुत गर्नुभयो । उहाँले नगरपालिकाको सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, बजेट कार्यान्वयन लगायतका क्षेत्रमा हासिल भएका उपलब्धिहरूको विस्तृत जानकारी दिँदै आगामी वर्षमा अझ प्रभावकारी योजना निर्माण र पारदर्शी कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोहि अवसरमा फिल्ड अवलोकन समेत गरिएको थियो । अवलोकनमा सडक कालोपत्रे, ग्राभेल, मर्मत, कोल्ड स्टोर निर्माण, विद्यालय भवन निर्माण, गौशाला निर्माण, गरूकुल निर्माण र प्रज्ञा प्रतिष्ठानको भवन निर्माण तथा प्रगति अवस्थाबारे जानकारी लिइएको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...