बर्दिया- जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ । कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे । यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा…

बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ । देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे । र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले…

बर्दिया– दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् । भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् । बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा…

बर्दिया – भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् । भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर…

बर्दिया — सशस्त्र प्रहरीले बर्दियामा ठूलो मात्राको अवैध विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ । जिल्लाको मधुवन नगरपालिका–५, गाउँ नं. १० फुलाराम चोकबाट भारततर्फ तस्करी हुँदै गरेको ४८ लाख रुपैयाँ बराबरको १ हजार ९ सय २० थान विद्युतीय चुरोट सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी गराउनुभयो । उहाँले ‘स्पेशम्यान एसपी चालिस हजार’ सो विद्युतीय चुरोटको नाम रहेको बताउँदै प्रति थान २ हजार ५ सय रुपैयाँ बजार…

बर्दिया — विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो । प्याब्सनद्वारा आयोजित विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए । प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन्…

बर्दिया– बर्दियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद र तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बाँसगढी वडा नं.३ शान्तिपुर स्थित खिम बहादुर महतको घरबाट प्रहरीले ५४ हजार ३ सय १५ रूपैयाँ र २ गड्डी तास सहित १० जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटि गएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा राति १२ः१५ बजे छापा मार्दा निज महतको घरबाट नगद, तास र ५ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपाल जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ (सात) दिनको म्याद…

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी खेतमा धान गोड्न गएकी ४५ वर्षीया जगतरानी थारु शनिबार बिहान खेत नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनापछि स्थानीयबासीले गुलरिया बजारमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बाघ नियन्त्रणमा लिन र अब यस किसिमको घटना नदोहरिने सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने लगायतका माग गरेका छन् । घटनास्थलमा मृतकको साइकल, घाँस भएको बोरा, फरुवा र हँसिया फेला परेको थियो । त्यहाँ चितुवाको पञ्जाको छाप र रगतको टाटो पनि देखिएको थियो । स्थानीय सुरज चौधरीले मृतकको शरीर टाउको अलग भएको अवस्थामा…

बर्दिया– जल तथा मौसम विज्ञान विभागले बर्दिया सहित देशभरका ४१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको सुचना दिएको छ। विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लासहित पूर्व, मधेस र गण्डकीका केही जिल्लामा नदी–खोलाको बहाव बढेर आकस्मिक बाढीको जोखिम हुने अनुमान गरेको हो । कपिलवस्तु, वाग्लुङ, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला हुँदै बहने नदीहरूको बहाव उल्लेख्य बढ्ने विभागले जानकारी दिएको छ । त्यस्तै, डोटीदेखि कञ्चनपुरसम्मका केही नदी तथा खोलामा आकस्मिक बाढीको खतरा रहेको छ भने पूर्वी जिल्लाहरूको नदी तथा खोलामा पनि जोखिमको पूर्वानुमान गरिएको छ । आज बिहानको…

काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ यथावत रहने निर्णय गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानका आधारमा श्रेष्ठ नै अध्यक्ष कायम रहने निर्णय गरेको हो । साउन १५ गते काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन थियो । आयोगले पार्टी दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा चौधरीको नाम समावेश नभएकाले उहाँलाई अध्यक्षको रूपमा मान्यता दिन नसकिने निर्णय गरेको समेत स्रोतले जानकारी गराए । स्रोत भन्छन्, बर्दियाबाट २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र चौधरी नाउपामा प्रवेश गरेको थिए ।…