काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग टेलिफोनमार्फत कुरा गर्दै इजरायल-हमास युद्धको बीचमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभयो। राष्ट्रपति अल-सिसीले यो विषयमा प्रयास जारी रहेको जानकारी दिएर, इजरायल-हमास बन्दी आदानप्रदान प्रक्रियामा नेपाललाई सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराममा इजिप्टको महत्वपूर्ण भूमिका को सराहना गर्दै, आगामी सगरमाथा संवाद कार्यक्रम २०२५ मा राष्ट्रपति अल-सिसीलाई निमन्त्रणा गर्नुभएको छ। दुवै नेताबीच संयुक्त राष्ट्रसंघमा सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र द्विपक्षीय सम्बन्धको विस्तारको विभिन्न पक्षमा पनि छलफल भएको थियो। यो संवादले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र…
काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् । परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।
बाँके। बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बलातीमा घर भएको ६० वर्षीय बलिराम थारुको बुधबार राती हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले बस्तीको करीब थारुलाई आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । राती करीब ११ बजेर ४५ मिनेटको समयमा घर नजिकको बारीमा आएको जङ्गली हात्तीलाई धपाउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी गराएका हुन् । डिएसपी ऋषिरामका भने, ‘ बलिराम थारुले बारीमा आएको हात्ती धपाउने क्रममा हात्तीले टाउको कुल्चिँदा घटना स्थलमै थारुको मृत्यु भएको हो,’ क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ एसपी सापसहितको टोली घटना स्थलतर्फ गएको डिएसपी मगरले जानकारी दिए ।
सिरहा। सिरहाको गोलबजारबाट लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका वडा नम्बर २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार वडा नम्बर ७, चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। खातुनले गोलबजार नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् । प्रहरीले शंका लागेर होटलमा खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ । होटलमा छापा मार्दा बेसिनमा लुकाएर राखिएको अवस्थामा…
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा खुसीका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र…