Skip to main content

Babai News

टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

Advertisement

काठमाडौ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार  बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् ।

बोहराका अनुसार बिहान ४:३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको  दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो।  उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर  गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको कार्गो क्षेत्रमा फेला परेको छ भने चालक अझै फरार छन् ।

सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथान चोकका रमेश तामाङ घाइते भएको र उनको उपचार ट्रमा सेन्टरमा भइरहेको उनले जानकारी गराएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...