काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४३ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने नयाँ सूची तयार गरेको घोषणा गरेका छन्। यस सूचीमा भुटानसहित ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ। अमेरिकाको प्रमुख समाचार पत्रिका द न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारअनुसार, यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन रहेका छन्। यी देशका नागरिकहरूलाई अब अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ हुनेछ। यसैगरी, अमेरिकी भिसा दिने प्रक्रियामा कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सिएरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तानको नाम पनि रहेको छ। नयाँ सूचीमा, ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे अन्य…
बाँके। इराकका प्रधानमन्त्री मोहम्मद अल-सुदानीले शुक्रबार इस्लामिक स्टेट आइ एस आइ समूहका एक उच्च पदाधिकारी मारेको जानकारी दिएका छन्। सुदानीले एक विज्ञप्तिमा भनेका छन् कि इराकका लागि "खलीफा उप सहायक, अब्दुल्ला मकी मसलह अल-रफाई" मारिएका छन्। अल-रफाई कति समय अघि र कहाँ मारेका थिए, विज्ञाप्तीमा त्यो भने स्पष्ट गरिएको छैन। यद्यपि यसमा अमेरिकाको कस्तो भूमिका थियो भन्ने विवरण आएको छैन। इराकी प्रधानमन्त्रीले भनेका छन् कि इराकका गुप्तचर सेवा कार्यालयको "सफल अपरेसन"मा अल-रफाई मारिएका हुन्। सुदानीले यसलाई आफ्नो देशका लागि "महत्वपूर्ण सुरक्षा उपलब्धि" भनेर वर्णन गरेका छन्। त्यसै समयमा, इराकका विशेष अपरेशन्स बलहरूले एक सामाजिक मिडिया पोष्टमा भनेका छन् कि अल-रफाई…

काठमाडौँ । शाओमीले शाओमी १५ (फिफ्टीन) अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको लन्च समारोहमा ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो । शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १-इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको फोनमा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ । मोबाइलमा ६.७३-इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १-१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ ।…
बाँके। सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञको लागि २ करोड ७६ लाख सङ्कलन भएको लागी भएको छ । हरिवन नगरपालिका वडा नम्बर ९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार मात्र रु ४२ लाख सहयोग सङ्कलन भएको हो । रकम अभावका कारण दनुुवारीमा भवन अधुरै भएकोले भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यकता छ । संयोजक थापाका अनुसार रकम जुटाउन आश्रमले हरिवनले ११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट २ करोड ७६ लाख सङ्कलन भयो । महायज्ञमा हरिवन…
काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो। उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…