Skip to main content

Babai News

शाओमी अल्ट्रा फिफ्टीन नेपालमा उपलब्ध ।

Advertisement

काठमाडौँ ।

शाओमीले शाओमी १५ (फिफ्टीन) अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको लन्च समारोहमा ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो । शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १-इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

Advertisement

स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको फोनमा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ । मोबाइलमा ६.७३-इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १-१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ ।

लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ। यस डिभाइसले ८ के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ ।

शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ । शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि-बुकिङ खुला गरेको छ। उक्त प्रि-बुकिङमा ग्राहकहरूले नौ हजार नौ सय ९९ रुपैयाँ बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ ।

ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ । १६ जिबी+५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य १ लाख ४९ हजार ९ सय ९९ रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...