Skip to main content

Babai News

इजरायलको गाजा पट्टीमा फेरि आक्रमण, ४४ जनाको मृत्यु।

Advertisement

बाँके।
इजरायलले गाजा पट्टीमा पुन: हवाई आक्रमण सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजा क्षेत्रमा धेरै विस्फोटहरूको आवाज सुनिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई हमलामा कम्तीमा ४४ जना मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, १९ जनवरीको युद्धविरामपछि यी इजरायलीका गाजा विरुद्धका सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमण तब भएको छ , जब दुवै पक्षबीच युद्धविरामलाई अगाडि बढाउने कुरामा वार्ता अलपत्र पर्यो।

इजरायल र हमास बीचको १९ जनवरीको युद्धविराम सम्झौतामा कसरी कायम राख्ने भन्नेमा असहमतिका कारण वार्ता असफल भएको छ। अमेरिका र अरब मध्यस्ताहरूले पछिल्ला दुई हप्तामा दुवै पक्षलाई युद्धविराममा सम्झाउन असफल भएका छन्। इजरायली सेनाले भनेको छ कि यसले गाजामा हमासका सैन्य ठिकाना माथि हवाई हमलाहरू गरेको छ। इजरायली सेनाले टेलिग्राममा गरेको एक पोष्टमा भनिएको छ कि गाजा पट्टीमा हमासका ठिकानामा व्यापक हवाई हमलाहरू गरिएका छन्। अर्कोतिर, स्थानीय चिकित्सकहरूको भनाइ अनुसार, नागरिक, बालबालिका र महिलाहरू यी हमलाहरूको शिकार बनेका छन्। चिकित्सक र प्रत्यक्षदर्शीहरूको अनुसार, मध्य गाजाको दीर अल-बलाहमा तीन वटा घर, गाजा शहरको एक भवन, र खान यूनिस र राफा क्षेत्रमा सैन्य ठिकाना माथि बम हमला गरिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...