Skip to main content

Babai News

५ वर्ष जेल बसेका किसान फेरि पक्राउ, २५ करोड बढीको विदेशी मुद्रा बरामद।

Advertisement

काठमाडौं।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय किसान फुच्चे लामा पुनः पक्राउ परेका छन्। उनी ५ वर्ष पहिले सुन तस्करी प्रकरणमा जेल बसिसकेका थिए। यसपटक उनलाई रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्राहरू तस्करी गर्दै जाने क्रममा पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गएराति उनलाई पक्राउ गरेको हो। प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने कि, पक्राउ गरेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँको बराबरी हुन्छ।

पक्राउ पर्ने लामा ट्रक नं. ना ७ ख १६५२ द्वारा केरुङतर्फ जाने क्रममा फल्स बटम बनाएर रकम लैजाँदै थिए। प्रारम्भिक अनुसन्धानका अनुसार, अर्का व्यक्ति कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको पनि खुलेको छ।

प्रहरीका अनुसार, उक्त विदेशी मुद्रा अवैध सुन किनेर चीनतर्फ तस्करी गर्ने उद्देश्यले लगिएको हुनसक्ने आशंका गरिएको छ। अनुसन्धान जारी रहेको र थप विवरणहरू खुल्न सक्ने प्रहरीले बताएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...