Skip to main content

Babai News

प्रचण्डले ८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट गरे।

Advertisement

पर्सा।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा आफू नरहेको स्पष्ट पारेका छन्। वीरगञ्जमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कार्य गर्दै, सुशासन कायम राख्ने र आर्थिक विकासका लागि निरन्तर आवाज उठाउँदै आएका थिए। अध्यक्ष प्रचण्डले भने, “सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।”

अध्यक्ष प्रचण्डले सरकारमा रहँदा मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम भएको र भ्रष्टाचार विरुद्ध ठोस कदम चालिएको उल्लेख गरे। उनले भन्छन्, “सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने काम माओवादीले गर्दैन्म ।”

उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी समेत गरेका छन् । यसैगरी, उनले संविधान निर्माणको क्रममा दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको भन्दै अब त्यो समयावधि पूरा हुन लागेको र संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा पनि राखे।

अध्यक्ष प्रचण्डले तराई–मधेस जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको उल्लेख गर्दै चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिएका छन् । उनले वीरगञ्जको विकाससँगै देशभरका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आफ्ना समस्या र सुझाव राखेका थिए। नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...