Babai News

Day: २०८१ चैत्र ८, शुक्रबार

विदेशी नागरिकको अवैध बसाइ, प्रशासनले २४ घण्टामा खाली गर्न दिइयो आदेश।

विदेशी नागरिकको अवैध बसाइ, प्रशासनले २४ घण्टामा खाली गर्न दिइयो आदेश।

कैलाली। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ९ स्थित सिमली जंगलमा विगत २० दिनदेखि अवैध रूपमा विदेशी नागरिक बस्दै आएका छन्। करीब १ सय ५० जना विदेशी नागरिक विभिन्न देशबाट यहाँ बसिरहेका छन्, जसमा इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, फ्रान्स, आइभरीकोस्ट, ग्रीस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन र स्पेन लगायतका १८ देशका नागरिक समावेश छन्। सो क्षेत्रका नागरिकले जंगलमा भाङ, गाजा र अन्य मादक पदार्थ सेवन गर्दै अर्धनग्न अवस्थामा बस्ने गरेको र ७ देखि ४५ वर्षका व्यक्तिहरू सँगै बसिरहेका छन्। साथै, सो स्थानमा कुनै प्रकारको कानूनी प्रक्रिया पूरा नगरी बस्ने गरेका यी विदेशी नागरिकहरूले स्थानिय सरकार वा…
Read More
पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै तेस्रो टि ट्वान्टी आईमा ९ विकेटको जित हात पार्यो।

पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै तेस्रो टि ट्वान्टी आईमा ९ विकेटको जित हात पार्यो।

अकल्याण्ड। पाकिस्तानले न्युजिल्याण्डलाई ९ विकेटले हराउँदै ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनायो। पाकिस्तानले २ सय ५ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानको जितमा हसन नवाजको शतक प्रमुख बन्यो। नवाजले नट आउट रहँदै १ सय ५ रन बनाएका थिए। ४४ बलमा पहिलो शतक पूरा गरेका नवाजले ४५ बलको सामना गर्दै १० चौका र ७ छक्का प्रहार गरे। पाकिस्तानको कप्तान सलमान आगाले ३१ बलमा ६ चौका र २ छक्काको सहयोगमा नट आउट ५१ रन जोडे। मोहम्मद हरिसले २० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४१ रन बनाए। न्युजिल्याण्डको पारीमा मार्क च्याम्पम्यानले ९४ रन…
Read More
इजरायलका सुरक्षा प्रमुख बर्खास्त

इजरायलका सुरक्षा प्रमुख बर्खास्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन् । इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने निर्णयलाई अनुमोदन गरेको हो । बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि सुरक्षा प्रमुखको रुपमा नियुक्त गरिएको थियो । गत आइतबार प्रधानमन्त्री नेतन्याहुले एक भिडियो वक्तव्यमार्फत बारलाई बर्खास्त गर्ने आफ्नो मनसाय रहेको बताएका थिए ।
Read More
दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल, निषेधित क्षेत्र तोड्ने प्रयास।

दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल, निषेधित क्षेत्र तोड्ने प्रयास।

बाँके। अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसको अवसरमा शुक्रवार नयाँ बानेश्वरमा दलित समुदायले विरोध गरेको छ । प्रदर्शनको क्रममा दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल भएको हो। प्रदर्शनकारीहरूले "दलितलाई खै?" लेखिएको प्लेकार्ड बोकेर अर्धनग्न भई विरोध जताएका थिए। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले रोक लगाउने क्रममा यस झडपको स्थिति उत्पन्न भएको हो। दलित अधिकारका पक्षमा आवाज उठाउने कार्यकर्ताहरूले जातीय विभेदको अन्त्य र समानता सुनिश्चित गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।
Read More
प्रचण्डले ८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट गरे।

प्रचण्डले ८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट गरे।

पर्सा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा आफू नरहेको स्पष्ट पारेका छन्। वीरगञ्जमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कार्य गर्दै, सुशासन कायम राख्ने र आर्थिक विकासका लागि निरन्तर आवाज उठाउँदै आएका थिए। अध्यक्ष प्रचण्डले भने, "सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।" अध्यक्ष प्रचण्डले सरकारमा रहँदा मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम भएको र भ्रष्टाचार विरुद्ध ठोस कदम चालिएको उल्लेख गरे। उनले भन्छन्, "सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने काम माओवादीले गर्दैन्म ।" उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति…
Read More
बबई नाकामा स्वचालित सिसी क्यामेरा जडान।

बबई नाकामा स्वचालित सिसी क्यामेरा जडान।

बाँके। कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ। यस प्रविधिले कर्णाली प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको नम्बर प्लेट पहिचान गर्दै आवश्यक विवरण कम्प्युटरमा लिपिबद्ध गर्ने कार्य गर्नेछ। क्यामेरा जडानसँगै सवारी साधनहरूको रोकथाम र मैन्युअल नम्बर दर्ता गर्ने प्रक्रिया हटेको छ, जसले गर्दा अब गाडीहरू बबई नाकामा बिना रोक टोक आवागमन गर्न सक्नेछन्। मुख्यमन्त्री यामलाल कँडेलले यस प्रविधिको उद्घाटन गर्दै यसले कर्णाली प्रदेशमा सुरक्षित यात्रा र प्रविधिमैत्री प्रहरी सेवाको सुनिश्चितता हुने बताएका छन् । क्यामरा जडानका लागि ९ लाख ७५ हजार बजेट तोकिएको थियो, र क्यामरा कन्ट्रोल गर्नको लागि आवश्यक भवन…
Read More
सञ्चार सचिवको विदेश भ्रमण जाँदा कार्यक्रम छोडेर सपिङमा मस्त ।

सञ्चार सचिवको विदेश भ्रमण जाँदा कार्यक्रम छोडेर सपिङमा मस्त ।

काठमाडौं। सरकारको स्वीकृतिमा स्पेनको बार्सिलोनामा भएको ‘मोबाइल वर्ल्ड कंग्रेस’ कार्यक्रममा नेपाली प्रतिनिधिमण्डल सहभागी हुन गएका सञ्चार सचीव सपिङमा व्यस्त भएका छन् । उनीहरूले कार्यक्रममा सहभागी नभएर र निजी भ्रमणमा व्यस्त रहेर नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा दाग लगाएका छन्। सञ्चार सचिव राधिका अर्याल र उनका टोलीका सदस्यहरूले सरकारी स्वीकृति लिएर उक्त कार्यक्रममा सहभागी भए पनि प्रमुख मिटिङमा अनुपस्थित रहेर घुमघाम र सपिङमा समय बिताएका हुन् । कार्यक्रम आयोजकले नेपाली टोलीलाई प्यानलिष्टको रूपमा आमन्त्रित गरेको थियो, तर उनीहरूले सरकारी प्रतिनिधिका रूपमा कार्यक्रममा भाग लिन नपाएका कारण नेपाल सरकारको छवि माथी प्रश्न उठेको छ। नेपाली टोलीको अनुपस्थितिका कारण मोबाइल वर्ल्ड कंग्रेसमा जीएसएम र नेपालको…
Read More
खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।

खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।

इटहरी । मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो। इटहरीको जनता माविमा अध्ययनरत यादव घर फर्किने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो। मृतकको निधन पछि आक्रोशित समूहले बसमा आगजनी गरेका थिए, जसले गर्दा बस पूर्ण रुपमा जलेको थियो। आगजनी पछि १२ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको थियो। फरार रहेका १२ जनामध्ये शिवकुमार भुजेल, प्रदीप शर्मा लोहार र रामबाबु शर्मालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। उनीहरू सबैको ठेगाना…
Read More
ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार।

ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार।

मोहम्मद शाहिन जमाली, वीरगन्ज। जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ। सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ। रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान…
Read More
खुकुरी प्रहार गरेर सापकोटा भारततिर भाग्दै गर्दा पक्राउ।

खुकुरी प्रहार गरेर सापकोटा भारततिर भाग्दै गर्दा पक्राउ।

बाँके। विराटनगर महानगरपालिका वडा नम्बर २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी हानेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रमा भाग्दै गर्दा पक्राउ परेका छन्। सापकोटा, जो विराटनगर वडा नम्बर २ का २८ वर्षीय युवा हुन्। उनले आफ्नो घरमा काम गर्दै आएका ५७ वर्षीय रमेश गुप्तालाई खुकुरीले प्रहार गरेर फरार भएका थिए। घटना बिहीबार राति करिब ८:३० बजेको हो। सापकोटाले गुप्तालाई खुकुरी हानेको र घाइतेलाई घाँटीमा गम्भीर चोट लागेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, गुप्ता लामो समयदेखि सापकोटाको घरमा काम गर्दै आएका थिए। गुप्तालाई उपचारका लागि सुरुमा कोशी अस्पताल लगिएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई नोबेल शिक्षण…
Read More