कैलाली।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ९ स्थित सिमली जंगलमा विगत २० दिनदेखि अवैध रूपमा विदेशी नागरिक बस्दै आएका छन्। करीब १ सय ५० जना विदेशी नागरिक विभिन्न देशबाट यहाँ बसिरहेका छन्, जसमा इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, फ्रान्स, आइभरीकोस्ट, ग्रीस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन र स्पेन लगायतका १८ देशका नागरिक समावेश छन्।
सो क्षेत्रका नागरिकले जंगलमा भाङ, गाजा र अन्य मादक पदार्थ सेवन गर्दै अर्धनग्न अवस्थामा बस्ने गरेको र ७ देखि ४५ वर्षका व्यक्तिहरू सँगै बसिरहेका छन्। साथै, सो स्थानमा कुनै प्रकारको कानूनी प्रक्रिया पूरा नगरी बस्ने गरेका यी विदेशी नागरिकहरूले स्थानिय सरकार वा जिल्ला प्रशासन कार्यालयबाट कुनै अनुमती नलिएका छन्।
यस बारेमा जिल्ला प्रशासन कार्यालय कैलालीलाई जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको नेतृत्वमा प्रशासनले कारवाहीको तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारीले २४ घण्टाभित्र सो क्षेत्र खाली गर्न आदेश दिएका छन्।



