Skip to main content

Babai News

पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पार्यो

Advertisement

बाँके।
पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो।

लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पञ्जाबको जितमा ओपनर प्रभसिमरन सिंहले शानदार ६९ रनको योगदान गरे, जसमा उनले ३४ बलमा ९ चौका र ३ छक्का हिट गरे। उनले कप्तान श्रेयस ऐरसँग मिलेर दोस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे। कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको साथ ५२ रनमा नट आउट रहे।

तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे, जसमा नेहालले २५ बलमा ३ चौका र ४ छक्का हिट गर्दै ४३ रन बनाएका थिए। लखनउका दिग्वेश राठीले पञ्जाबका लागि एक-एक विकेट लिए।

यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा १ सय ७१ रन बनायो र ७ विकेट गुमायो। निकोलस पुरनले ३० बलमा ५ चौका र २ छक्का हिट गर्दै सर्वाधिक ४४ रन जोडे, भने आयुष बदोनीले ४१ रन बनाएका थिए।

पञ्जाबका लागि अर्शदिप सिंहले ३ विकेट लिए, जबकि लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए।

यो जितसँगै पञ्जाब किंग्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ, जबकि लखनउ सुपर जायन्ट्स २ अंकका साथ छैठौं स्थानमा रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...