Babai News

Day: २०८१ चैत्र २०, बुधबार

धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका युवक पक्राउ।

धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका युवक पक्राउ।

  धनकुटा। धनकुटाको भेडेटारमा प्रहरीले ३ क्विन्टल गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। सोमबार राति गस्तीमा निस्केको प्रहरी टोलीले शंकास्पद अवस्थामा एउटा मारुती कारलाई नियन्त्रणमा लिँदै ३ सय किलोग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार, साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती कारलाई रोकिएको थियो। उक्त कारको खानतलासी गर्दा कालो प्लाष्टिकमा लपेटिएका १० पोका गाँजा फेला बरामद भयो । गाँजा बरामदपछि कार चालक विराटनगर महानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई पक्राउ गरिएको छ। उनलाई हाल धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, साहले गाँजा…
Read More
नेपाल शिक्षक महासंघको अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु।

नेपाल शिक्षक महासंघको अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु।

बाँके। नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन्। बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरूले माइतीघर मण्डलामा भेला भएर बिजुली बजारसम्म दबाबमूलक र्‍याली निकाल्दै शिक्षामा सुधारका लागि संघर्षको उद्घोष गरेका छन्। महासंघले आफ्नो मागमा आवधिक बढुवा, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य, निजामती सरह सेवा सुविधा र संवैधानिक शिक्षा आयोगको व्यवस्था गर्दै नयाँ युग अनुसारको कानूनको माग गर्दै 'काठमाडौं जाऔँ' अभियान सुरु गरेको छ। महासंघको यो आन्दोलन अनिश्चितकालीन शैक्षिक आन्दोलनको रूपमा अघि बढेको छ। २०२८ को पञ्चायत कालको ऐनमात्रै लागू हुने भन्दै महासंघले नयाँ व्यवस्थाको माग राखेको छ। भोलिबाट (आजबाट) हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक…
Read More
४ दिनपछि हराएको १ लाख नगद र आइफोन फेला, अटो चालकले गरे फिर्ता ।

४ दिनपछि हराएको १ लाख नगद र आइफोन फेला, अटो चालकले गरे फिर्ता ।

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर ३ की सिता खड्काले चार दिनअघि हराएको नगद र आइफोन १३ सहितको झोला फिर्ता पाएको जानकारी दिइन्। उनलाई आफ्नो झोला अटोमा छुटेपछि प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। खड्काले १६ गते विराटनगर १ भट्टाचोकबाट शनी मन्दिर जाने क्रममा आफ्नो हाते झोला अटोमा छुटाएको बताइन्। उनी उक्त अटोको नम्बर र चालकको बारेमा केही जानकारी दिन नसक्दा प्रहरीले अनुसन्धान सुरु गर्यो। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) वेदप्रकाश जोशीका अनुसार, हराएको चार दिनपछि बुधबार झोला नगद सहित फेला परेको थियो। खड्काले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा अटो प्र-१–०२–००३ ह ६०९० नम्बर भएको पाइएको थियो। डीएसपी जोशीका अनुसार, विराटनगर…
Read More
बेलबारी नगरपालिकाले खरिद गर्यो १ करोड ३३ लाखको बिद्युतिय नगरबस

बेलबारी नगरपालिकाले खरिद गर्यो १ करोड ३३ लाखको बिद्युतिय नगरबस

बेलबारी। बेलबारी नगरपालिकाले १ करोड ३३ लाखको बिद्युतिय नगरबस खरिद गरेको छ। यस बसको सञ्चालन बेलबारी नगरपालिकामा सुरु गर्नका लागि तयारी भइरहेको छ। नगरपालिकाका प्रमुख दिलप्रसाद राईले चुनावी समयमा बेलबारीमा नगरबस सञ्चालन गर्ने आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। लगभग तीन वर्षको अवधिमा त्यो निर्णयलाई साकार गर्दै पहिलो नगरबस ल्याइएका छन्। यस बसको रुट बेलबारी ११ लक्ष्मीमार्ग हुँदै रंगेलीसम्म र बेलबारी बजारदेखि भाउन्ने हुँदै बाहुनीसम्म संचालन हुनेछ। प्रमुख राईले भनेका छन् कि केही दिनमै नगरबसको रुट तयार गरी यसको सञ्चालन प्रारम्भ गरिने छ। यस नगरबसको सञ्चालनले बेलबारीका नागरिकहरूको यातायात समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
Read More
`नेपालको महिला आन्दोलन विश्वका लागि प्रेरणाको स्रोत´ प्रचण्ड ।

`नेपालको महिला आन्दोलन विश्वका लागि प्रेरणाको स्रोत´ प्रचण्ड ।

बाँके। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलनलाई नेपाल मात्र नभई विश्व राजनीतिमा पनि प्रेरणाको स्रोत भएको बताएका छन्। अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले यसो भनेका हुन्। उनले जनयुद्धको समय महिला सहभागिता सुनिश्चित गर्नको लागि विशेष ध्यान दिइएको र त्यसका कारण क्रान्तिमा महिला नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने, "नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ।" उनले जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला सैनिक रहेको र महिला कमाण्डरहरुले नेतृत्व गरेका सबै लडाइँ जितिएका तथ्यलाई स्मरण गरे। महिलाको सहभागिता…
Read More
दुर्गा प्रसाईंको खोजी विशेष ब्यूरोको जिम्मामा, नेपालबाहिर रहेको अनुमान।

दुर्गा प्रसाईंको खोजी विशेष ब्यूरोको जिम्मामा, नेपालबाहिर रहेको अनुमान।

  बाँके। राजावादी जनप्रदर्शनका प्रमुख अगुवा दुर्गा प्रसाईंको खोजी अब नेपाल प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धानलाई विशेष ब्यूरोमा सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको अनुमान गरिएको छ, जसका कारण सुराकी संकलन र उनलाई फिर्ता ल्याउने प्रक्रियामा थप चुनौती उत्पन्न भएको छ। सुरक्षा निकायका अनुसार, उनलाई कहाँ रहेको भन्ने यकिन जानकारी नभए तापनि विभिन्न कूटनीतिक र प्रविधिगत माध्यमबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको छ। यसअघि, चैत्र १५ गतेको घटनापछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भए पनि सफलतासाथ पक्राउ गर्न सकिएको थिएन। सरकार अब उनलाई कानुनी दायरामा ल्याउन विशेष…
Read More
नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता तथा सहमतिपत्र आदानप्रदान

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता तथा सहमतिपत्र आदानप्रदान

काठमाडौं : नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि सम्झौता तथा सहमतिपत्र आदानप्रदान भएको छ । संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस्तै, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ वटा सहमतिपत्र आदानप्रदान भएको सचिवालयले जनाएको छ ।
Read More
पाँच वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेन।

पाँच वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेन।

म्याग्दी। मालिका गाउँपालिका वडा नम्बर ५ र धवलागिरि गाउँपालिका वडा ७ वडाको सिमाना भएर बग्ने दाङखोला नदीमा १८ मिटर लामो पुल निर्माण गर्न २०७५ सालमा सम्झौता गरिएको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि उक्त पुलको निर्माण काम सुरु हुन सकेको छैन। धवलागिरि गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, २०७८ साल जेठ महिनामा सम्पन्न हुने भनिएको पुल निर्माण आजसम्म पनि निर्माण कार्य आरम्भ भएको छैन । विसं २०७५ मा निर्माण भएको अस्थायी पुल जीर्ण अवस्थामा पुगेको र त्यसको स्थानमा नयाँ पुल निर्माण नगर्दा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा गम्भीर समस्या भइरहेको छ। पुलको निर्माणस्थल म्याग्दीखोला जलविद्युत्…
Read More
आफुलाई लोरेन्स विश्नोइ बताउँदै फिरौती माग्ने पक्राउ।

आफुलाई लोरेन्स विश्नोइ बताउँदै फिरौती माग्ने पक्राउ।

बाँके। सामाजिक सञ्जाल व्हाट्सएप मार्फत फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारी निवासी ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा खुलासा भएको अनुसार, उनले विभिन्न विदेशी नम्बरबाट व्हाट्सएपमा संदेश पठाउँदै आफूलाई 'लोरेन्स बिस्नोई' र 'अनमोल बिस्नोई'को नाममा परिचय दिँदै ५ करोड भारतीय रुपैया फिरौती मागेका थिए। उनले रकम नदिए ज्यानको खतरा हुने चेतावनीसमेत दिएका थिएको प्रहरीले बताएको छ । प्रहरीले क्षेत्रीको मोबाइल फोनमा विदेशी नम्बरको व्हाट्सएप खाता खोलिएको र उक्त खातामार्फत म्यासेज पठाएको प्रमाणहरु फेला परेका छन् । अनुसन्धानका क्रममा, लोरेन्स बिस्नोई भारतीय…
Read More
जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करण यही साता सुरु हुँदै।

जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करण यही साता सुरु हुँदै।

जीतपुरसिमरा। जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करणको उद्घाटन यसै साता सिमरा रंगशालामा हुने भएको छ। आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार, प्रतियोगिता फ्लड लाइटमा हुने छ र यसमा ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गरिएको हो। प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरलाई १५ हजार रुपैयाँ र ट्रफीसहित…
Read More