Skip to main content

Babai News

आफुलाई लोरेन्स विश्नोइ बताउँदै फिरौती माग्ने पक्राउ।

Advertisement

बाँके।
सामाजिक सञ्जाल व्हाट्सएप मार्फत फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारी निवासी ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा खुलासा भएको अनुसार, उनले विभिन्न विदेशी नम्बरबाट व्हाट्सएपमा संदेश पठाउँदै आफूलाई ‘लोरेन्स बिस्नोई’ र ‘अनमोल बिस्नोई’को नाममा परिचय दिँदै ५ करोड भारतीय रुपैया फिरौती मागेका थिए। उनले रकम नदिए ज्यानको खतरा हुने चेतावनीसमेत दिएका थिएको प्रहरीले बताएको छ ।

प्रहरीले क्षेत्रीको मोबाइल फोनमा विदेशी नम्बरको व्हाट्सएप खाता खोलिएको र उक्त खातामार्फत म्यासेज पठाएको प्रमाणहरु फेला परेका छन् । अनुसन्धानका क्रममा, लोरेन्स बिस्नोई भारतीय ग्याङस्टारको नामले चिनिने एक व्यक्ति हुन्, जसलाई २०१४ देखि हत्या र फिरौती सम्बन्धी अपराधको आरोपमा भारतीय कारागारमा बन्दी बनाइएको छ।

यस्तै, अनमोल बिस्नोई, जो लोरेन्सको भाई हुन्, नेपालमा विभिन्न व्यापारी र उद्योगीहरूलाई धम्की दिएर फिरौती माग्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...