Skip to main content

Babai News

नेपाल शिक्षक महासंघको अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु।

Advertisement

बाँके।
नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन्। बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरूले माइतीघर मण्डलामा भेला भएर बिजुली बजारसम्म दबाबमूलक र्‍याली निकाल्दै शिक्षामा सुधारका लागि संघर्षको उद्घोष गरेका छन्। महासंघले आफ्नो मागमा आवधिक बढुवा, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य, निजामती सरह सेवा सुविधा र संवैधानिक शिक्षा आयोगको व्यवस्था गर्दै नयाँ युग अनुसारको कानूनको माग गर्दै ‘काठमाडौं जाऔँ’ अभियान सुरु गरेको छ।

महासंघको यो आन्दोलन अनिश्चितकालीन शैक्षिक आन्दोलनको रूपमा अघि बढेको छ। २०२८ को पञ्चायत कालको ऐनमात्रै लागू हुने भन्दै महासंघले नयाँ व्यवस्थाको माग राखेको छ। भोलिबाट (आजबाट) हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम राखिएको महासंघले जनाएको छ।

शिक्षकहरूको यो आन्दोलन शिक्षण पेशाको हकमा सुधार र अधिकारको आन्दोलनको रूपमा उल्लेखनीय भएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...