Babai News

धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका युवक पक्राउ।

Advertisement
Advertisement

 

धनकुटा।
धनकुटाको भेडेटारमा प्रहरीले ३ क्विन्टल गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। सोमबार राति गस्तीमा निस्केको प्रहरी टोलीले शंकास्पद अवस्थामा एउटा मारुती कारलाई नियन्त्रणमा लिँदै ३ सय किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार, साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती कारलाई रोकिएको थियो। उक्त कारको खानतलासी गर्दा कालो प्लाष्टिकमा लपेटिएका १० पोका गाँजा फेला बरामद भयो ।

गाँजा बरामदपछि कार चालक विराटनगर महानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई पक्राउ गरिएको छ। उनलाई हाल धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, साहले गाँजा कहाँबाट ल्याएका हुन् र कहाँ लैजान खोजेका थिए भन्ने विषयमा थप अनुसन्धान जारी रहेको छ। लागुऔषध ऐन अन्तर्गत साहविरुद्ध मुद्दा दायर गर्न प्रहरीले म्याद थप गरेको जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ...