Skip to main content

Babai News

धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका युवक पक्राउ।

Advertisement

 

धनकुटा।
धनकुटाको भेडेटारमा प्रहरीले ३ क्विन्टल गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। सोमबार राति गस्तीमा निस्केको प्रहरी टोलीले शंकास्पद अवस्थामा एउटा मारुती कारलाई नियन्त्रणमा लिँदै ३ सय किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार, साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती कारलाई रोकिएको थियो। उक्त कारको खानतलासी गर्दा कालो प्लाष्टिकमा लपेटिएका १० पोका गाँजा फेला बरामद भयो ।

गाँजा बरामदपछि कार चालक विराटनगर महानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई पक्राउ गरिएको छ। उनलाई हाल धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, साहले गाँजा कहाँबाट ल्याएका हुन् र कहाँ लैजान खोजेका थिए भन्ने विषयमा थप अनुसन्धान जारी रहेको छ। लागुऔषध ऐन अन्तर्गत साहविरुद्ध मुद्दा दायर गर्न प्रहरीले म्याद थप गरेको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...