Skip to main content

Babai News

सुनसरीको लौकही नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, सुरक्षा व्यवस्थामा लापरवाही।

Advertisement

इनरुवा ।
सुनसरीको लौकही नाका तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। कोशी गाउँपालिका वडा नम्बर १ स्थित लौकही नाका र अन्य सहायक नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, यहाँ तस्करीमा प्रहरीका केही सदस्यहरूको मिलोमतो रहेको आरोप छ।

सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गर्न नसकेपछि तस्करहरुले अवैध रुपमा भारतबाट नेपाल तर्फ सामाग्री भित्र्याउने गरेको स्थानीयको भनाइ छ।

तस्करहरुले सुर्तीजन्य पदार्थ, मल, प्याज, चिनी, कपडा लगायतका खाद्य र नशाजन्य सामाग्री भन्सार छली गरि अवैधरुपमा नेपाल भित्र्याउँदै आएका छन्। अवैध रुपमा भैरहेको तस्करीले नेपाल सरकारको लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ।

पृथक राष्ट्रका सीमामा सुरक्षा व्यवस्थाका नाममा देखावटी ड्यूटी गर्दा तस्करीलाई नियन्त्रण गर्न नसकेको श्रोतले बताएको हो। भिडियोमा समेत तस्करीको गतिविधि खुलेआम देखिएको छ, जसले सुरक्षा निकायमा भ्रष्टाचार र लापरवाहीको गम्भीर प्रश्न उठाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...