Babai News

Day: २०८१ चैत्र २४, आईतवार

“जातीय पहिचानको कुरा छाडेका छैनौं” : प्रचण्ड

“जातीय पहिचानको कुरा छाडेका छैनौं” : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभयो । उहाँले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो । ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,' अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने…
Read More
सिंहदरवार खाली गर्न नेताहरूलाई प्रभु साहको चेतावनी

सिंहदरवार खाली गर्न नेताहरूलाई प्रभु साहको चेतावनी

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरवार खाली गर्दा नै उनीहरूको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरवारभित्र छिरेर कठालोमा समातेर गलहत्त्याउने उनको उद्घोष छ । सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरूको व्यवहारलाई कडा प्रश्न गरेका छन् ।
Read More
जनमत र नाउपाको एकीकरणपछि नागरिक जनमत पार्टी बन्ने

जनमत र नाउपाको एकीकरणपछि नागरिक जनमत पार्टी बन्ने

काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेका छन् । बर्दियामा बसेको कार्यदलको बैठकले पार्टीको नाम नागरिक जनमत र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । ‘आयातकार आकारको झण्डामा ढकिया रहने सहमति भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने सहमति गर्‍यौँ, उनले भने ।
Read More
इरानी विदेशमन्त्रीको जवाफ : अमेरिकासँगको प्रत्यक्ष वार्ता अर्थहीन

इरानी विदेशमन्त्रीको जवाफ : अमेरिकासँगको प्रत्यक्ष वार्ता अर्थहीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गरेका थिए । उनले बिहीबार इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका थिए । यद्यपि उनले कूटनीति असफल भएमा इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । यसको जवाफमा विदेशमन्त्री अराघचीले निरन्तर बल प्रयोग गर्ने धम्की दिने र आफ्ना विभिन्न अधिकारीहरूबाट विरोधाभासी अडान व्यक्त गर्ने पक्षसँग प्रत्यक्ष वार्ता ‘अर्थहीन’ हुने बताएका हुन् ।
Read More
धरानमा कोठाबाटै लागूऔषध कारोबार गर्ने चार जना पक्राउ।

धरानमा कोठाबाटै लागूऔषध कारोबार गर्ने चार जना पक्राउ।

धरान। धरानमा लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका वडा नम्बर ९ बगैंचा लाइनमा शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारी रंगेहात ४ जनालाई पक्राउ गरेको हो। प्रहरीले कारोबारी गतिविधिमा संलग्न ३० वर्षीय विजय साह, २७ वर्षीय निरन्जन यादव, २५ वर्षीय विशेष राई र २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो। पक्राउ परेका चार जनासँग एक हजार ६ सय विभिन्न प्रकारका लागूऔषध ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले अहिले उनीहरूको विरुद्ध थप अनुसन्धान गरिरहेको छ।
Read More
बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारको आरोप।

बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारको आरोप।

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहमाथि ३५ वटा एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ। उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। सी–०४०५६९ दर्ता नम्बर भएको उजुरीपत्रमा भनिएको छ कि बालेन साहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गर्ने योजना अघि सारिएको थियो। उजुरीमा भनिएको छ, "यस योजनामा ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।" उजुरीमा बालेन साहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूमाथि पनि कडा कारबाही गर्न माग गरिएको छ।
Read More
बोलेरो दुर्घटनामा महिलाको मृत्यु, नाबालक छोरा घाइते।

बोलेरो दुर्घटनामा महिलाको मृत्यु, नाबालक छोरा घाइते।

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ जुकेमा बोलेरो गाडी दुर्घटनामा परेर ३२ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतकका १८ महिने नाबालक छोरा घाइते भएका छन्। शनिबार  ५ः१५ बजेतिर सोताङबाट जुकेतर्फ छुटेको बोलेरो गाडी (प्र ३–०१–०२४ च ६८१४) कच्ची सडकमा सामान झार्ने क्रममा चिप्लिएर ३ सय मिटर तल भिरमा खसेको हो। दुर्घटनामा परेर सोताङ-५ की सरिता राई गम्भीर घाइते भइ भिरमा अड्किएकी थिइन्। उनलाई उद्धार गरी सोताङ प्राथमिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकका छोरा रेवन राई सामान्य घाइते भएका छन् र उनको अवस्था खतरामुक्त रहेको जानकारी…
Read More
सुनसरीको लौकही नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, सुरक्षा व्यवस्थामा लापरवाही।

सुनसरीको लौकही नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, सुरक्षा व्यवस्थामा लापरवाही।

इनरुवा । सुनसरीको लौकही नाका तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। कोशी गाउँपालिका वडा नम्बर १ स्थित लौकही नाका र अन्य सहायक नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, यहाँ तस्करीमा प्रहरीका केही सदस्यहरूको मिलोमतो रहेको आरोप छ। सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गर्न नसकेपछि तस्करहरुले अवैध रुपमा भारतबाट नेपाल तर्फ सामाग्री भित्र्याउने गरेको स्थानीयको भनाइ छ। तस्करहरुले सुर्तीजन्य पदार्थ, मल, प्याज, चिनी, कपडा लगायतका खाद्य र नशाजन्य सामाग्री भन्सार छली गरि अवैधरुपमा नेपाल भित्र्याउँदै आएका छन्। अवैध रुपमा भैरहेको तस्करीले नेपाल सरकारको लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ। पृथक राष्ट्रका सीमामा सुरक्षा व्यवस्थाका नाममा…
Read More
तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

बाँके। पोल्याण्डको एक बियर उत्पादक कम्पनीले विश्वभरि अहिलेसम्म अनौठो र विवादास्पद बियर उत्पादन गरेको छ। यो बियरलाई ‘योनी बियर’ नाम दिइएको छ, जसमा महिलाको यौनांगबाट प्राप्त ब्याक्टेरिया प्रयोग गरिएको छ। बियर निर्माता कम्पनी, द अर्डर अफ योनीले यो अनौठो बियरलाई बजारमा ल्याएको हो। यस बियरको विशेषता भनेको योनीमा पाइने ल्याक्टिक अम्लको प्रयोग हो, जुन महिलाको यौनांगका ब्याक्टेरियाबाट प्राप्त हुन्छ। बियर बनाउनका लागि विशेष मोडेल पाउलिना र मोनिकाका यौनांगबाट ब्याक्टेरिया सङ्कलन गरी प्रयोगशालामा ल्याक्टिक एसिड तयार गरिन्छ। यो प्रक्रिया सँगै, बियर दुई प्रकारका ब्राण्डमा बजारमा आएको छ: बोटल्ड लस्ट र बोटल्ड प्यासन। दुवै बियरमा ८ प्रतिशत अल्कोहल हुन्छ। लस्ट ब्राण्ड नटमेग…
Read More