Skip to main content

Babai News

बोलेरो दुर्घटनामा महिलाको मृत्यु, नाबालक छोरा घाइते।

Advertisement

सोलुखुम्बु ।
सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ जुकेमा बोलेरो गाडी दुर्घटनामा परेर ३२ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतकका १८ महिने नाबालक छोरा घाइते भएका छन्।

Advertisement

शनिबार  ५ः१५ बजेतिर सोताङबाट जुकेतर्फ छुटेको बोलेरो गाडी (प्र ३–०१–०२४ च ६८१४) कच्ची सडकमा सामान झार्ने क्रममा चिप्लिएर ३ सय मिटर तल भिरमा खसेको हो। दुर्घटनामा परेर सोताङ-५ की सरिता राई गम्भीर घाइते भइ भिरमा अड्किएकी थिइन्। उनलाई उद्धार गरी सोताङ प्राथमिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृतकका छोरा रेवन राई सामान्य घाइते भएका छन् र उनको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ। गाडीमा सवार अन्य दुईजना सकुशल रहेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार कच्ची सडकको ओरालो र जोखिमपूर्ण भूबनोटका कारण बोलेरो गाडी दुर्घटनामा परेको देखिन्छ। प्रहरीले गाडी चालक ४३ वर्षीय प्रेम राईलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...