Skip to main content

Babai News

भारत र पाकिस्तानबीच तनाव बढेपछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक

Advertisement

काठमाडौँ । भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि दुई छिमेकी देशबीच तनाव उत्कर्षमा पुगेको हो ।गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि शुरु भएको तनाव अब युद्धमा परिणत भएको छ ।भारतले गएरातीदेखि शुरु गरेको हवाई आक्रमणमा पाकिस्तानमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै नेपालमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...