काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछि जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रभावित नहुने भएको छ ।समाचार एजेन्सी एएनआईले बोर्डलाई उदृत गर्दै जारी आइपिएल यसअघि तोकिएको समयअनुसार नै जारी रहने जनाएको छ ।गत मार्च २२ देखि जारी आइपिएल अब अन्तिम चरणमा प्रवेश गरेको छ । यस सिजनमा ७४ खेल खेलाइनेछ । जसमध्ये मंगलबारसम्म ५६ खेल खेलिएका छन् । अब फाइनलसहित १८ खेल बाँकी छन् । फाइनल खेल मे २५ मा कोलकातामा हुने तालिका छ ।
काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हाल मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका रोहितले तुरुन्तैदेखि लागु हुनेगरी टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।भारतले आगामी जुनमा इङल्याण्डमा टेस्ट सिरिज खेल्दैछ । सो सिरिजका लागि टिम छनौटको तयारी भइरहेका बेला रोहितले सन्यासको घोषणा गरेका हुन् । उनले एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । उनले गत बर्ष टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट पनि सन्यास लिइसकेका छन् ।सन्यासको घोषणा गर्दै रोहितले भनेका छन्- 'म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु । मेरो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि पूर्ण सम्मानको कुरा हो । वर्षौंदेखिको सबै माया र समर्थनको लागि…
काठमाडौँ । प्रधानमन्त्री शाहबाज शरीफले भारतसँग बदला लिने दाबी गरेको छन् । बुधबार पाकिस्तानको संसदमा बोल्दै प्रधानमन्त्री शरीफले भारतले कायरतापूर्ण आक्रमण गरेको बताउदै यसको उचित समयमा बदला लिने बताएका हुन् । उनले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत दाबि गरेका छन् ।संसदमा प्रधानमन्त्री शरीफले ५ वटा भारतीय लडाकु विमान खसालेको, जसमा ३ वटा राफेल लडाकु विमान रहेको बताएका छन् । उनले भारतको कारबाहीका कारण पाकिस्तानले जित हासिल गरेको बताए । उनले पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भएको संसदमा बताए ।यसअघि, शाहबाज शरीफ राष्ट्रिय सुरक्षा परिषद्…
राजविराज । चारवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको अस्पताललाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोस्रो पटक फेरी शिलान्यास गरेका छन् । सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास केपी ओली र राउत मिलेर बुधबार दोस्रो पटक गरेका हुन् । २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउतले काम अगाडि बढाउनुको साटो दोश्रो पटक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः डा. राउततले सिलान्यास गर्न लागेको…
काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई एक जना महिला र ११ जना पुरुषहरुलाई नेपाल फर्काएको हो ।नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध समेत गरेको छ ।
काठमाडौँ । भारत र पाकिस्तानबीच सैन्य टकराव बढ्ने भन्दै रुस, फ्रान्स र बेलायतले चिन्ता व्यक्त गरेका छन् ।रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै 'गहिरो हुँदै गएको सैन्य टकरावको बारेमा गहिरोरुपमा चिन्तित छ' भनेको छ ।विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ- 'रूसले सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ ।' विज्ञप्तिमा थप भनिएको छ- 'आशा छ, भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ ।'रुस दशकौंदेखि भारतको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको छ, तर रुसले पाकिस्तानसँग पनि राम्रो सम्बन्ध…
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।देउवाले शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएका हुन् ।बैठकमा सरकारका काम, नीति तथा कार्यक्रम, बजेट, भारत-पाकिस्तान युद्ध तथा कांग्रेसको भातृसंगठन बारे छलफल हुने बताइएको छ ।
काठमाडौँ । जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ ।ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु जरिवाना गरिएको छ भने प्लेइङ एघारका सबै खेलाडीलाई ६ लाख भारु जरिवाना गरिएको छ ।गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोपमा उनको म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ र एक डिमेरिट अंक पनि प्राप्त भएको छ । उनले धारा २.२० अन्तर्गत लेभल १ को…
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिईएको छ ।यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिईएको हो ।नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको खुलेको छ । स्रोतकाअनुसार प्रचण्ड परिवारका अन्य सदस्यसहित मंगलबार टेरेसेस रिसोर्टमा पुगेका थिए । सोही क्रममा राति रिसोर्टमा लडेर घाइते भएको खुलेको हो ।गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको र टाउकोमा टाँका लगाइएको बुझिएको छ ।यसअघि प्रचण्डको सचिवालयले खुमलटारस्थित निवासमै बाथरुममा लडेको बताएर घटना ढाकछोप गरेको थियो ।छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखे पनि स्थान बारे स्पष्ट गरेकी थिइनन् । उनले लेखेकी थिइन्- 'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट…