Skip to main content

Babai News

भारत र पाकिस्तानबीच सैन्य टकराव बढेको भन्दै रुस, फ्रान्स र बेलायत चिन्तित

Advertisement

काठमाडौँ । भारत र पाकिस्तानबीच सैन्य टकराव बढ्ने भन्दै रुस, फ्रान्स र बेलायतले चिन्ता व्यक्त गरेका छन् ।रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गहिरो हुँदै गएको सैन्य टकरावको बारेमा गहिरोरुपमा चिन्तित छ’ भनेको छ ।विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ- ‘रूसले सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ ।’ विज्ञप्तिमा थप भनिएको छ- ‘आशा छ, भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ ।’रुस दशकौंदेखि भारतको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको छ, तर रुसले पाकिस्तानसँग पनि राम्रो सम्बन्ध कायम राखेको छ ।यसैबीच, बेलायती विदेशमन्त्री डेभिड लामीले भारत-पाकिस्तान तनावलाई गम्भीर बताएका छन् । उनले भने- ‘बेलायती सरकारले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन र सँगै बसेर कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्न अपील गर्दछ ।’त्यस्तै फ्रान्सेली विदेशमन्त्री जीन-नोएल ब्यारोटले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । फ्रान्सेली समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ब्यारोटले भने- ‘हामी आतंकवादको प्रकोपबाट आफूलाई बचाउने भारतको चाहना बुझ्छौं, तर हामीले दुवै देशलाई तनाव बढाउनबाट बच्न र नागरिकहरूको सुरक्षा गर्न संयम अपनाउन आग्रह गरेका छौं ।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...