Skip to main content

Babai News

ओलीको चारबर्ष अघि भर्चुअल र सिके राउतको अहिले असली शिलान्यास !

Advertisement

राजविराज । चारवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको अस्पताललाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोस्रो पटक फेरी शिलान्यास गरेका छन् । सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास केपी ओली र राउत मिलेर बुधबार दोस्रो पटक गरेका हुन् । २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउतले काम अगाडि बढाउनुको साटो दोश्रो पटक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः डा. राउततले सिलान्यास गर्न लागेको भनी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना शुरु भएको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका सप्तरी २ का तत्कालीन प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा उपप्रधान स्वास्थ्य एवम् जनसङ्ख्यामन्त्री हुँदा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना गराएका थिए । राजविराजमा प्रतिष्ठानको कार्यालय उद्घाटन, निर्देशक नियुक्ति तथा स्वास्थ्य मन्त्रालयबाट गाडी समेत दिएर पठाएका थिए । प्रतिष्ठानको डिपीआर तथा घेराबेरा समेत गरिएको थियो । यतिमात्र होइन, प्रतिष्ठानका भौतिक संरचनाका लागि बजेट समेत व्यवस्थापन गरिएको थियो । प्रतिष्ठानको परिकल्पनालाई मूर्त रुप दिन ५० बेडको अनुमति पाएको गजेन्द्रनारायण सिंह अस्पताललाई देशकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउन ४२० बेडको भौतिक संरचना निर्माण गरिएको छ । अस्पतलामा नयाँ दरबन्दी स्वीकृत गराई सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा अत्याधुनिक भौतिक पूर्वाधार हुँदाहुँदै सर्वसाधारण धरान, बिराटनगर लगायतका सहरहरु धाउन बाध्य छन् ।तात्कालिन समयमा प्रधानमन्त्री ओलीको सरकारमा गठन आदेशबाट प्रतिष्ठानको गठन भए पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा म्याद नथपिएपछि त्यसको औचित्य समाप्त भइसकेको भनी जनमत पार्टीका अध्यक्ष डा. राउतले प्रतिक्रिया दिएका छन् । म्याद थप नभएपछि निर्माण कार्य स्थगित भएको अवस्थामा आफुले पहल गरेर पुनः नयाँ तवरबाट काम अगाडि बढाउन शिलान्यास गरिएको उनले बताएका छन् । डा. राउतले त्यस्तो प्रतिक्रिया दिए पनि त्यहीँ जग्गा, त्यही, डिपीआर नक्सा पनि पहिलाकै रहेको छ ।

Advertisement

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...